HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

काठमाडौं महानगरले पूर्व राजा ज्ञानेन्द्रलाई रु. ७ लाख ९३ हजार जरिवाना तिराउने चिट्ठी पठायो

काठमाडौं महानगरले पूर्व राजा ज्ञानेन्द्रलाई रु. ७ लाख ९३ हजार जरिवाना तिराउने चिट्ठी पठायो
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्

 


काठमाडौं महानगरपालिकाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई हिजोको प्रदर्शनका क्रममा भएको सार्वजनिक सम्पत्ति तोडफोड लगायतका क्षतिपूर्ति स्वरूप रु. ७ लाख ९३ हजार जरिवाना तिर्नुपर्ने पत्र पठाएको छ।

महानगरका अनुसार प्रदर्शनका क्रममा विभिन्न सार्वजनिक संरचनामा क्षति पुगेको छ, जसका लागि जिम्मेवारी तोक्दै उक्त जरिवाना लगाइएको हो। महानगरपालिकाका प्रवक्ताले भने, "सार्वजनिक सम्पत्तिको संरक्षण हाम्रो प्रमुख दायित्व हो। क्षतिको मूल्यांकन गरिसकेपछि पूर्व राजा शाहलाई क्षतिपूर्ति बुझाउन चिट्ठी पठाइएको छ।"

हिजो राजधानीका विभिन्न स्थानमा राजतन्त्र समर्थक प्रदर्शनहरू भएका थिए। प्रदर्शनका क्रममा सरकारी तथा सार्वजनिक संरचनामा तोडफोड भएको र केही ठाउँमा झडप समेत भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

यस विषयमा पूर्व राजा ज्ञानेन्द्र शाह वा उनको सचिवालयको कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...