HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

चैत १५ को प्रदर्शनमा घाइते ५ जना अझै अस्पतालमै, स्वास्थ्य मन्त्रालयको निःशुल्क उपचारको घोषणा

चैत १५ को प्रदर्शनमा घाइते ५ जना अझै अस्पतालमै, स्वास्थ्य मन्त्रालयको निःशुल्क उपचारको घोषणा
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्

 

राजावादी समूहको चैत १५ गतेको प्रदर्शनका क्रममा घाइते भएका पाँच जना अझै पनि विभिन्न अस्पतालहरूमा उपचाररत छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार, हाल राष्ट्रिय ट्रमा सेन्टरमा २ जना, निजामती अस्पताल, काठमाडौँ मेडिकल कलेज, र बि एन्ड बि अस्पतालमा एक–एक जना गरी जम्मा ५ जना उपचार गराइरहेका छन्।

मन्त्रालयका अनुसार प्रदर्शनको दिन १२९ जना घाइते उपचारका लागि विभिन्न अस्पताल पुगेका थिए। तीमध्ये ५९ जनाको सामान्य उपचार, ५७ जनाको सामान्य शल्यक्रिया१३ जनाको आकस्मिक शल्यक्रिया गरिएको थियो। अहिले आकस्मिक शल्यक्रिया गरिएका ५ जना मात्रै अस्पतालमा छन्, बाँकी सबैलाई डिस्चार्ज गरिएको मन्त्रालयले जानकारी दिएको छ।

गृहमन्त्रीसहितको टोली अस्पतालमै

प्रदर्शनमा घाइते भएकाहरूको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री रमेश लेखक, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी लगायतको टोलीले अस्पतालमा पुगेर निरीक्षण गरेका छन्। उनीहरूले घाइतेहरूसँग भेटघाट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

निशुल्क उपचार र खर्च फिर्ता

स्वास्थ्य मन्त्रालयले यसअघि नै घाइतेहरूको निःशुल्क उपचार गरिने घोषणा गरिसकेको छ। यसैअनुसार उपचारमा लागेको सम्पूर्ण खर्च बिल र कागजातसहित मन्त्रालयमा पेस गर्न आग्रह गरिएको छ।

मन्त्रालयले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, उनीहरूको उपचारमा कुनै कमी नहोस् भन्ने उद्देश्यले सम्पूर्ण उपचार प्रक्रिया निःशुल्क बनाउने निर्णय लिएको हो।

साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...