काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ जम्बुडाँडास्थित बागमती करिडोरबाट प्रहरीले ८८१ थान भेप (इलेक्ट्रोनिक चुरोट) र ६ लाख रुपैयाँ नगदसहित पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा आदेश खड्का, सौजन सिम्खडा, चिनियाँ नागरिक लिउ वेट, आकाश तामाङ र अर्जुन तामाङ रहेका छन्।
प्रहरीका अनुसार आरएफ ०७६७१ नम्बरको गाडीमा जाँच गर्ने क्रममा शंका उत्पन्न भएपछि अनुसन्धानलाई थप अघि बढाइएको थियो। त्यसक्रममा चिनियाँ नागरिक लिउ वेट बस्दै आएको बौद्धस्थित कोठामा खानतलासी गर्दा ८८१ थान भेप र ६ लाख रुपैयाँ नगद बरामद गरिएको हो।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
