चीनको शाङ्हाइमा सम्पन्न 3rd Global South Think Tank Dialogue ले १२० भन्दा बढी देशका ३५० भन्दा धेरै प्रतिनिधिहरूलाई एकै स्थानमा ल्याउँदै “Seeking Strength Through Unity: Responsibility and Action of the Global South” विषयमा व्यापक छलफल गर्यो। लगातार दोस्रो वर्ष नेपालका तर्फबाट सहभागिता जनाउँदै, नेपाली प्रतिनिधिले सामुदायिक नेतृत्वमा आधारित विकास मोडल, सामुदायिक वनका सफलता, जलवायु परिवर्तन प्रतिरोधक्षमता (climate resilience) र नेपालको शान्ति प्रक्रियाका अभ्यासहरू अन्तर्राष्ट्रिय समुदायसँग साझा गरे।
कार्यक्रममा नेपाली प्रतिनिधिले नेपालको स्थानीय मोडलहरूले दिगो आधुनिकताको मार्ग कसरी निर्देशित गरिरहेको छ भन्ने विषयमा प्रस्तुति दिए। सामुदायिक वन व्यवस्थापन, स्थानीय स्रोतमा आधारित विकास अभ्यास, जलवायु प्रतिरोधात्मक उपायहरू तथा उत्प्रेरक शान्ति प्रक्रियाका अनुभवलाई Global South भित्र नेपाल ज्ञान खोज्ने मात्र होइन, ज्ञान दिन सक्ने देश (knowledge contributor) रूपमा उभिँदै गएको सन्देश प्रस्तुत गरियो।
उनका अनुसार, “Our local solutions continue to inspire global conversations.” भन्ने अभिव्यक्ति नेपालका स्थानीय अभ्यासहरूको अन्तर्राष्ट्रिय सानलाई उजागर गर्छ।
नेपालका लागि प्राप्त अवसरहरू
यस्ता उच्चस्तरीय अन्तर्राष्ट्रिय फोरमहरूले नेपाललाई निम्न क्षेत्रमा महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ—
-
Knowledge transfer
-
Policy cooperation
-
Economic development partnership
-
Green development र Clean Energy क्षेत्रमा सहकार्य
-
People-to-people exchange तथा कूटनीतिक सम्बन्ध सुदृढीकरण
यी अवसरहरूले नेपाललाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझेदारीमा थप सक्रिय र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।
ग्लोबल साउथ सचिवालयको घोषणा: कार्यक्रमको आकर्षण
संवादको एक प्रमुख आकर्षण Global South Secretariat को घोषणा रह्यो। यसको महत्व विकासोन्मुख देशहरूबीचको सहकार्य संरचना औपचारिक, दिगो र सबल बनाउनुमा छ। सचिवालयले—
-
Equitable Global Order निर्माण गर्ने,
-
अन्तर्राष्ट्रिय मामिलामा विकासोन्मुख देशहरूको सामूहिक आवाज सशक्त बनाउने,
-
Shared Development Objectives प्रवर्धन गर्ने,
-
र ऐतिहासिक रूपमा कम प्रभाव भएको देशहरूको आवाजलाई विश्वव्यवस्थामा समन्वय र मार्गदर्शन प्रदान गर्ने
मूल भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
आयोजकप्रति धन्यवाद
कार्यक्रम आयोजनामा भूमिका खेलेको IDCPC, व्यवस्थापन गरेको Shanghai Institute of International Studies तथा CPC Shanghai Municipal Committee प्रति नेपाली प्रतिनिधिले विशेष आभार व्यक्त गरेका छन्।
.png)
