HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

विगुमा एमालेको अगुवा कार्यकर्ता भेला: ३५ भन्दा बढी युवा तथा विभिन्न पार्टीका कार्यकर्ता एमालेमा प्रवेश

विगुमा एमालेको अगुवा कार्यकर्ता भेला: ३५ भन्दा बढी युवा तथा विभिन्न पार्टीका कार्यकर्ता एमालेमा प्रवेश
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्


नेकपा (एमाले) विगु गाउँपालिकाद्वारा आयोजित 'अगुवा कार्यकर्ता भेटघाट' कार्यक्रममा आज ठूलो संख्यामा युवाहरू पार्टी प्रवेश गरेका छन् । विभिन्न राजनीतिक दल परित्याग गरी तथा स्वतन्त्र रूपमा रहेका 'GenZ' (नयाँ पुस्ता) का ३५ जनाभन्दा बढी प्रभावशाली युवाहरूले एमालेको झण्डामुनि गोलवद्ध हुने घोषणा गरेका हुन् ।

नवप्रवेशीहरूको विवरण:

पार्टी प्रवेश गर्नेहरूमा विगुका विभिन्न वडाका जुझारु युवाहरू रहेका छन् :

  • विगु-४ बाट: सुबास तामाङ, बिजय तामाङ, मिङमा तामाङ, अनिसा तामाङ, भुले तामाङ, प्रेम छिरिङ तामाङ, डिले तामाङ, गोरे खत्री, भिम बहादुर तामाङ, अमृत तामाङ, सन्तोष तामाङ, प्रेम तामाङ, शाङगे तामाङ, मान बहादुर तामाङ, बिसाल गिरि, कृष्ण नेपाली र रिजन भित्रि कोटी ।

  • विगु-२ बाट: दिपेन्द्र तामाङ, राज कुमार तामाङ, केशाप तामाङ, मोतिलाल तामाङ र हेम तामाङ ।

  • विगु-८ बाट: अनिसा थामी, हरि बहादुर थामी, तिर्थ थामी, सुक बहादुर थामी, प्रेम बहादुर थामी, दिल माया थामी, डबल थामी, लाल द्वज थामी र रुपेश थामी ।

  • विगु-३ बाट: अनिल खत्री, पुस्कर थापा, दोर्जे तामाङ, महेश पाण्डे र राज कुमार श्रेष्ठ ।


यसैबीच, विगु-२ का कृष्ण बहादुर मगरले आफू पूर्ववत् रूपमै नेकपा (एमाले) मा सक्रिय रहेको स्पष्ट पार्नुभएको छ । केही समयअघि आफूलाई जानकारी नै नदिई अन्य पार्टीमा प्रवेश गराएको भनिएकोमा आपत्ति जनाउँदै उहाँले आफ्नो निष्ठा एमालेमै रहेको र आगामी दिनमा पनि यही पार्टीमा अविचलित भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै लाल कुमार केसीले एमालेको विचार र विकासको नेतृत्व देखेर नयाँ पुस्ता आकर्षित भएको बताउनुभयो । कार्यक्रममा नेताहरू रचना खड्का, सान्ति कुमारी पाख्रिन, कृष्ण भुजेल, ठुला थामी लगायतका भातृ संगठनका प्रमुखहरूले नवप्रवेशीहरूलाई स्वागत गर्नुभएको थियो ।

उक्त भेटघाट कार्यक्रममा नेकपा एमालेका नेता एवं उम्मेदवार पार्बत गुरुङको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा विगु गाउँपालिकाका सबै वडाका वडा कमिटीका पदाधिकारीहरू, क्रियाशील कार्यकर्ता र सञ्चारकर्मीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।


"नयाँ पुस्ताको एमालेप्रतिको यो लहरले विगुमा पार्टीको संगठन थप सुदृढ भएको र आगामी निर्वाचनमा एमालेको जित सुनिश्चित गर्ने आधार तयार भएको छ ।"

साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...