HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

बिगु गाउँपालिकाका नेकपा (एमाले) को तर्फबाट अध्यक्ष उम्मेदवार पराजयपछि झन् सक्रिय अच्युतम केसी कटुवाल, जनताको सेवामा निरन्तर अग्रसर!

बिगु गाउँपालिकाका नेकपा (एमाले) को तर्फबाट अध्यक्ष उम्मेदवार पराजयपछि झन् सक्रिय अच्युतम केसी कटुवाल, जनताको सेवामा निरन्तर अग्रसर!
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्

 बिगु–२ ओराङका मतदाताहरूसँग भेटघाट गर्दै धन्यवाद ज्ञापन, नवनिर्मित मन्दिरमा मूर्ति र गजुर हस्तान्तरण

दोलखा – २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट बिगु गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बनेका अच्युतम केसी कटुवाल झिनो १२७ मतान्तरका कारण उपविजेता बनेका थिए। हार-जीत स्वाभाविक प्रक्रिया भएको भन्दै केसी निर्वाचनपछि पनि गाउँपालिकाका जनताको सुख-दुःखमा साथ दिँदै निरन्तर सक्रिय रहेका छन्।

२०८१ साल फागुन २९ गते नेकपा (एमाले) जरा अभियान २०८१ को अवसरमा उनले बिगु–२ ओराङको देउलाङ बालापोलमा नवनिर्मित एक मन्दिरको गजुर हस्तान्तरण गरेका छन्। यसअघि, २०७९ साल जेठ २० गते उनले सोही स्थानका स्थानीय अगुवा तथा मतदाताहरूसँग भेटघाट गरी निर्वाचनमा दिएको साथ र समर्थनका लागि धन्यवाद ज्ञापन गरेका थिए। चुनावी अभियानकै क्रममा उनले सोही मन्दिरका लागि आवश्यक शिव–पार्वती मूर्ति प्रदान गरेका थिए।

अच्युतम केसीले निर्वाचनमा पराजित भए पनि विकास र समृद्धिको यात्रामा कुनै सम्झौता नगर्ने बताएका छन्। उनले भने, "बिगु गाउँपालिकाको समग्र विकासका लागि म निरन्तर लागिरहन्छु। मतदाताको समर्थनप्रति सधैं कृतज्ञ छु र सधैं साथ रहनेछु।"

उनले समय-समयमा सबै आठ वडामा पुगेर जनताको समस्याबारे जानकारी लिँदै सहयोग गर्दै आएका छन्। बिगुबासी जनतासँगको आत्मीय सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यका साथ केसीले आफ्नो उपस्थितिलाई निरन्तरता दिइरहेका छन्।

अच्युतम केसीले निर्वाचनमा पराजित भए पनि विकास र समृद्धिको यात्रामा कुनै सम्झौता नगर्ने बताएका छन्। उनले भने, "बिगु गाउँपालिकाको समग्र विकासका लागि म निरन्तर लागिरहन्छु। मतदाताको समर्थनप्रति सधैं कृतज्ञ छु र सधैं साथ रहनेछु।"

२०७९ सालको स्थानीय तह निर्वाचनमा पराजित भए पनि अच्युतम केसीले आफ्नो सेवामूलक यात्रालाई रोक्का गरेका छैनन्। जनताको समस्यामा सधैं साथ दिने उनको प्रतिवद्धता र समर्पणले उनलाई बिगु गाउँपालिकामा अझै पनि एक प्रभावशाली नेताको रूपमा उभ्याइरहेको छ। स्थानीय तहको विकास, धार्मिक संरचनाहरूको प्रवर्द्धन, र जनताको प्रत्यक्ष सहभागितामा जोड दिन उनी लागिपरेका छन्।

बिगु गाउँपालिकाको समृद्धि र विकासका लागि निरन्तर क्रियाशील रहने प्रतिज्ञा गर्दै केसीले भविष्यमा पनि जनताको माया र विश्वासलाई कायम राख्ने बताए। उनका यी कार्यहरूले गाउँपालिकाको सामाजिक, सांस्कृतिक, र भौतिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको स्थानीय अगुवाहरू बताउँछन्।

साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...