चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ८ महिनामा (साउनदेखि फागुनसम्म), झन्डै ५ लाख ३४ हजार ४७१ नेपाली युवाले कामको खोजीमा देश छाडेका छन्।
वैदेशिक रोजगार विभागका अनुसार, फागुन महिनामा मात्र ६८,९६३ युवाले श्रम स्वीकृति लिएका छन्। यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६३ हजारले बढी हो। २०८०/८१ को पहिलो ८ महिनामा ४ लाख ७१ हजार युवाले श्रम स्वीकृति लिएका थिए।
नयाँ तथा पुनः श्रम स्वीकृति लिनेहरूको संख्या उच्च दरमा वृद्धि भइरहेको छ। हाल नेपालबाट मासिक औसत ६६,८०८ युवा रोजगारीको खोजीमा विदेशिँदैछन्। दैनिक हिसाबले हेर्दा, २,२२७ नेपाली युवा देश छोडिरहेका छन्।
🔹 यो तथ्यांकले नेपालमा बढ्दो बेरोजगारी तथा रोजगारीका अवसरको अभाव झल्काउँछ। सरकारी नीतिहरूले युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्न प्राथमिकता दिनु आवश्यक देखिन्छ।
साचै यो पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
खुशी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
रिसाएका