ओराङ माने गुम्बा स्तुपा निर्माणको बैठकमा प्रस्तावकै कारण विवाद, मोबाइल खोसाखोस र हात हाल्ने प्रयास

हिमाल न्यूज दर्पण

दोलखा, जेठ ११ – Himal News Darpan | दोलखाको विगु गाउँपालिका–२, ओराङमा निर्माणाधीन माने गुम्बा स्तुपा सम्बन्धी योजना र आर्थिक सहयोग संकलनका विषयमा बोलाइएको बैठकमा विवाद उत्पन्न भएको छ। गुम्बा समितिका अध्यक्ष यम बहादुर गुरुङको अध्यक्षतामा बसेको बैठक शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको बेला, सहयोग राशिको प्रस्ताव राख्ने क्रममा तनाव उत्पन्न भएको हो।

घटनाको प्रत्यक्षदर्शी र सोही बैठकमा सहभागी स्थानीय युट्युबर करण तामाङका अनुसार, स्तुपा निर्माणका लागि आर्थिक संकलन गर्ने सन्दर्भमा उनले "कम्तीमा १००० रुपैयाँ सहयोगको प्रस्ताव गरौँ" भनेका थिए। तर सो प्रस्तावमा समिति सदस्यहरूबीच मतभेद देखिएको थियो। केही सदस्यहरूले रकम धेरै भएको भन्दै ५०० रुपैयाँ राख्ने सुझाव दिए।

करण तामाङले त्यसपछि "पैसा जति उठे पनि स्तुपा राम्रो हुनुपर्छ" भन्ने तर्क राखेका थिए। तर गुम्बाका प्रमुख लामा तथा समिति सदस्य धन बहादुर लामाले उक्त भनाइलाई व्यक्तिगत आलोचना ठानी बैठकमै आपत्ति जनाउँदै, "तँले बनाइदिन सक्छस्?", "भिडियो बनाएर फेसबुक चलाउँछस् भनेर प्रस्ताव राख्न पाइन्छ?" जस्ता तीव्र अभिव्यक्ति प्रयोग गरेका थिए। यतिमात्र होइन, उनले मोबाइल खोस्ने प्रयास गरेका थिए र हात हाल्नेसम्म अघि बढेका थिए।

करण तामाङले Himal News Darpan सँगको कुराकानीमा भने –
"मैले खुला बैठकमा सबैले सुन्नेगरी गुम्बाको भलोका लागि मात्रै सुझाव दिएको हुँ। तर प्रमुख लामा र समितिबाट व्यक्तिगत आक्रमण, अपमानजनक भाषा र हात हाल्ने प्रयास हुनु दुर्भाग्यपूर्ण हो। यस्तो रवैयाले स्थानीयको स्वतन्त्र अभिव्यक्ति दबिन्छ।"

धर्म गुरुबाट यस्तो व्यवहार ?

  1. प्रमुख लामा जस्तो सम्मानित पदमा रहेकाले संयम र शालिनताको उच्च आदर्श देखाउनुपर्ने हो – के उनीबाट यस्तो व्यवहार अपेक्षित थियो?

  2. स्थानीयले खुला रुपमा सुझाव दिन नपाउने हो भने गुम्बा समितिको बैठकको उद्देश्य के हो?

  3. स्तुपा निर्माणजस्तो पवित्र कार्यमा जनसहभागिता र पारदर्शिता होइन भने के चाहिँ हुनु पर्ने हो?

साथै, बैठकका अध्यक्ष यम बहादुर गुरुङबाट उक्त गम्भीर घटनाबारे कुनै प्रतिक्रिया सार्वजनिक गरिएको छैन। घटनाको प्रत्यक्ष साक्षीका रूपमा सहभागी अन्य स्थानीयहरूले अध्यक्षको मौनतालाई दुर्भाग्यपूर्णपदको गैर-जिम्मेवारीपूर्ण प्रयोगको रूपमा लिएका छन्।

करण तामाङको भनाइ:

"स्थानीय भएर, माने गुम्बा हाम्रो सामूहिक आस्था र संस्कृतिको प्रतीक हो भन्ने भावनाबाट प्रेरित भएर मात्र मैले प्रस्ताव राखेको थिएँ। मेरो त्यतिखेरको सोच के थियो भने – गुम्बा भित्रको माने राम्रो, आकर्षक र स्तुपाजस्तो गरिमामय संरचना हुनुपर्छ। बाटो वा चिहानमा देखिने सामान्य स्तुपाजस्तो हुनुहुदैन।

आज बनाएको संरचना भोलि फेरि बनाएर थप्न मिल्दैन, न त सजिलै बदल्न नै मिल्छ। त्यसैले सुरुमै सोचविचार गरेर दीर्घकालीन रूपमा राम्रो बनाउने योजनासहित काम गर्नुपर्छ भन्ने मेरो प्रस्ताव थियो। तर त्यो सामान्य र भलमनसाहि सुझावलाई लिएर प्रमुख लामा जस्तो धर्मगुरुले सार्वजनिक रूपमा अपमानजनक व्यवहार गर्नु, मोबाइल खोस्ने प्रयास गर्नु, र हात हाल्न उद्धत हुनु अत्यन्त दुःखद् र लज्जास्पद हो।

धर्म र नेतृत्वको जिम्मेवारी भनेको सहिष्णुता र सबैको कुरा सुन्ने संस्कार हो, डर देखाउने होइन। यस्तो व्यवहारले हाम्रो समुदायको धार्मिक र सामाजिक मर्यादामाथि चोट पुग्छ। मैले यो कुरा सार्वजनिक गर्नुको कारण व्यक्तिगत रिसइवी होइन – सबै स्थानीयको आवाज दबिन नपरोस् भन्ने मेरो चिन्ता हो।"

साचै यो पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
😀
खुशी
0%
😢
दुखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
रिसाएका
ट्यागहरू

#buttons=(ठीक छ, अगाडि बढौं!) #days=(20)

हाम्रो वेबसाइट हिमाल न्युज दर्पण तपाईंको अनुभवलाई अझ राम्रो बनाउन कुकिज प्रयोग गर्दछ। जाँच गर्नुस्
Ok, Go it!