HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

देवलिङ्गेश्वर माविमा शैक्षिक अव्यवस्था: अभिभावकको गुनासो, विद्यालय व्यवस्थापन विवादित

देवलिङ्गेश्वर माविमा शैक्षिक अव्यवस्था: अभिभावकको गुनासो, विद्यालय व्यवस्थापन विवादित
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्

 देवलिङ्गेश्वर माध्यमिक विद्यालयमा स्थलगत अवलोकन तथा अभिभावक–विद्यार्थीसँगको अन्तरक्रियामा धेरै कमजोरी उजागर भएका छन्। विद्यालयका अध्यक्ष बुदसिङ तामाङका अनुसार विद्यालय सञ्चालनमा स्थानीय तह तथा वडातर्फबाट कुनै सहयोग नआएको छ।

अभिभावकहरूले विद्यालयभित्र अनावश्यक राजनीतिक प्रभाव बढ्नु, गतबर्ष कक्षा ९ मा असफल भएका विद्यार्थीको परीक्षा कापी अभिभावकलाई नदेखाइनु, शिक्षक–अभिभावक–विद्यार्थीबीच तालमेल नहुनु, र आपसी दोषारोपण बढ्नु जस्ता समस्या उठाएका छन्।

विद्यार्थीबीच झगडा, कक्षाकोठामा डेक्स–बेञ्च र झ्यालका सिसा फुटेको, करिब ८० प्रतिशतभन्दा बढी कम्प्युटर बिग्रिएको अवस्थासमेत भेटिएको अभिभावकहरूले जानकारी दिएका छन्।

ट्युसन शुल्क र पहुँचको समस्या

गत वर्ष मासिक ७०० रुपैयाँ रहेको ट्युसन–फी यस वर्ष ५०० रुपैयाँ घटाइए पनि धेरै विद्यार्थीले ट्युसन पढ्न सकेका छैनन्।

कक्षा ९ का केही विद्यार्थीले मुख्य विषयहरू बुझ्न कठिनाइ भएको र प्र.अ. (प्रधानाध्यापक) को निर्देशनमा नेपाली भाषामा पनि राम्रो लेख्न नसक्ने अवस्थाले सिकाइ गुणस्तरप्रति प्रश्न उठाएको अभिभावकहरूको भनाइ छ।

विद्यार्थीको अध्ययनमा मोबाइलको प्रभाव

मोबाइलको अत्यधिक प्रयोग तथा गेम (Free Fire र PUBG) राति १२ बजेसम्म खेल्ने, ChatGPT र Gemini जस्ता AI उपकरण “पढ्ने उद्देश्य” भन्दै दुरुपयोग गर्ने प्रवृत्तिले पढाइमा प्रभाव पारेको शिक्षकहरूले बताएका छन्।

एक अंग्रेजी शिक्षकका अनुसार,

“इङ्लिस विषयमा मात्रै हैन, भाषागत रूपमा पनि धेरै कमजोरी छ। अभिभावक व्यस्त हुने, घरमा बच्चालाई पढ्न समय नदिने, अनि विद्यार्थीले पनि अध्ययनलाई प्राथमिकता नदिनुजस्ता कारणले सिकाइमा कमी आएको छ।”

विद्यालयको आर्थिक स्थिति

प्रधानाध्यापकका अनुसार आ.व. 2081/082 मा विद्यालयको कुल खर्च ८७,९०,१३९ रुपैयाँ पुगेको छ भने आम्दानी ९१,२७,४५० रुपैयाँ रहेको छ। वार्षिक लेखापरीक्षण (अडिट) अझै बाँकी रहेको जानकारी पाइएको छ।

विद्यार्थी विवाद र समाधान

हालै विद्यालयमा भएका विद्यार्थीबीचका द्वन्द्व समाधान गरिएको विद्यालय प्लेरसासनले जनाएको छ। अभिभावकसँग समय–समयमा अन्तरक्रिया बस्ने र शैक्षिक गुणस्तर सुधार्न पहल गरिने विद्यालयले उल्लेख गरेको छ।

विद्यार्थीको परीक्षा कापी नदेखाइनुको कारणबारे विद्यालयले “सम्बन्धित विषय–शिक्षक उपलब्ध नभएकाले” भएको स्पष्टीकरण दिएको छ।



देवलिङ्गेश्वर माध्यमिक विद्यालयमा शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, शिक्षक–अभिभावक समन्वय र प्रशासनिक व्यवस्थापनका धेरै कमजोरी प्रष्ट देखिएका छन्। स्थानीय तहको सहयोग अभाव र विद्यालयभित्रको आन्तरिक विवाद मिलाउनुपर्ने सुझाब अभिभावकहरूले दिएका छन्।

विद्यालय प्रशासनले आगामी अभिभावक–विद्यार्थी अन्तर्क्रियामार्फत समस्याहरू क्रमशः समाधान गर्दै शैक्षिक वातावरण सुधार गर्ने तयारी गरिएको बताएको छ।

साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...