HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

अमेरिकाको एमसीसीद्वारा नेपाललाई ७ अर्ब रुपैयाँको थप अनुदान, ऊर्जा ग्रिड सुदृढीकरणमा नयाँ गति

अमेरिकाको एमसीसीद्वारा नेपाललाई ७ अर्ब रुपैयाँको थप अनुदान, ऊर्जा ग्रिड सुदृढीकरणमा नयाँ गति
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्

कम्प्याक्ट सहायाताको कुल मूल्य १ खर्ब ६ अर्ब नाघ्दा ऊर्जा व्यापारदेखि कूटनीतिक समीकरणसम्म प्रभाव !


अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले नेपालका लागि एकैपटक ७ अर्ब रुपैयाँ बराबरको अतिरिक्त अनुदान घोषणा गरेको छ। नयाँ प्रतिबद्धतासँगै एमसीसी कम्प्याक्ट अन्तर्गत नेपालले प्राप्त गर्ने कुल सहायता १ खर्ब ६ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ।

यो थप अनुदान मुख्यतः ऊर्जा प्रसारण लाइन विस्तार र राष्ट्रिय ग्रिड सुदृढीकरण योजनालाई लक्षित छ, जसले नेपालकाे ऊर्जा निर्यात क्षमता, विद्युत् व्यापार, र क्षेत्रीय ऊर्जा सुरक्षामा महत्वपूर्ण प्रभाव पर्ने अपेक्षा गरिएको छ।

यद्यपि विशाल रकमको प्रतिबद्धताले नेपालको ऊर्जा पूर्वाधार विकासमा सकारात्मक संकेत देखाए पनि, कतिपयले एमसीसीमार्फत अमेरिका "अत्यधिक आर्थिक प्रभाव" जमाउने प्रयास गरिरहेको भन्दै शंका व्यक्त गरेका छन्। उनीहरूले एमसीसी परियोजनामा आउने उच्च रकमलाई कूटनीतिक प्रभाव विस्तारको माध्यमका रूपमा पनि हेरिरहेका छन्।

यसबीच, सरकारका अधिकारीहरू भने सहायता पूर्ण रूपमा विकासकाे उद्देश्यका लागि रहेको र नेपालकाे ऊर्जा प्रणालीलाई आधुनिक बनाउन यसले प्रत्यक्ष मद्दत गर्ने तर्क गर्छन्।

साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...