HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

बिगु गाउँपालिकामा दुःखद घटना: बिधुवा भत्ता कार्ड बनाउन गएकी महिलालाई हार्चे खोलाले बगायो

बिगु गाउँपालिकामा दुःखद घटना: बिधुवा भत्ता कार्ड बनाउन गएकी महिलालाई हार्चे खोलाले बगायो
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्

 बिधुवा भत्ता कार्ड नवीकरणका लागि वडा कार्यालय गएकी महिलालाई हार्चे खोलाले बगायो, खोजी कार्य जारी 

दोलखा, श्रावण १४ — दोलखाको बिगु गाउँपालिका–२, देउलाङ निवासी ५९ वर्षीया श्रीमती पती तामाङलाई हार्चे खोलाले बगाएको दुःखद घटना भएको छ।

प्राप्त जानकारीअनुसार श्रीमती तामाङ बिधुवा भत्ता कार्ड नवीकरणका लागि वडा कार्यालय पुगेपछि घर फर्कने क्रममा बिहीबार करिब दिउँसो ४:०० बजे हार्चे खोला तर्ने क्रममा बाढीले बगाएको हो।

घटनापछि स्थानीयवासीले तत्काल खोजी कार्य सुरु गरेका थिए। तर समाचार तयार पार्दासम्म उहाँको अवस्था खुल्न नसकेको तथा फेला पर्न नसकेको जनाइएको छ।

घटनाबारे सम्बन्धित निकाय तथा सुरक्षाकर्मीलाई जानकारी गराइसकिएको छ। स्थानीयवासी र सुरक्षाकर्मीको सहभागितामा खोजी तथा उद्धार कार्य निरन्तर जारी रहेको जनाइएको छ।




साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...