दोलखा, श्रावण १५ — दोलखाको बिगु गाउँपालिका–२, देउलाङ निवासी ५९ वर्षीया श्रीमती पती तामाङलाई हार्चे खोलाले बगाएको घटनामा दोस्रो दिन पनि खोजी तथा उद्धार कार्य जारी रहेको छ।
शुक्रबार (श्रावण १५) बिहान परिवारका सदस्य, स्थानीयवासी तथा सुरक्षाकर्मीको संयुक्त टोलीले खोजी गर्ने क्रममा उहाँले लगाएको पटुका र रुमाल फेला परेको छ। तर समाचार तयार पार्दासम्म उहाँ भने फेला पर्नुभएको छैन।
घटनापछि निरन्तर रूपमा खोजी तथा उद्धार कार्य सञ्चालन भइरहेको छ। सम्बन्धित निकाय, सुरक्षाकर्मी र स्थानीयवासीको सक्रिय सहभागितामा खोजी जारी रहेको जनाइएको छ।
उहाँको अवस्था अझै अज्ञात रहेकाले खोजी कार्यलाई थप तीव्र बनाइएको स्थानीय स्रोतले जनाएको छ।