HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

चालु आर्थिक वर्षको बजेट ९.०१ प्रतिशतले घट्यो

चालु आर्थिक वर्षको बजेट ९.०१ प्रतिशतले घट्यो
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्

सरकारको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट आकार सुरु विनियोजनको तुलनामा ९.०१ प्रतिशतले घटाइएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल ले अर्धवार्षिक मूल्यांकन प्रतिवेदन बिहीबार प्रतिनिधि सभा बैठकमा पेश गर्दै चालु आर्थिक वर्षको बजेट १ खर्ब ६७ अर्ब ५६ करोड ९५ लाख रुपैयाँ घटाएको जानकारी दिएका छन्।

निवर्तमान अर्थमन्त्री वर्षमान पुन द्वारा ल्याइएको १८ खर्ब ६० अर्ब ३० करोड को बजेट अब घटेर १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाख मा झारिएको छ। यो प्रारम्भिक विनियोजनको ९०.९९ प्रतिशत मात्र हो।

बजेट कटौतीपछि नयाँ विनियोजन

  • चालु खर्च: १० खर्ब २९ अर्ब ३० करोड (९०.२४% विनियोजन)
  • पुँजीगत खर्च: २ खर्ब ९९ अर्ब ५० करोड ९ लाख (८५% विनियोजन)
  • वित्त व्यवस्थापन बजेट: ३ खर्ब ६३ अर्ब ९३ करोड २६ लाख (९९.०९% विनियोजन)

समीक्षा अवधिमा चालु खर्च १७.६६ प्रतिशतले वृद्धि भए पनि पुँजीगत खर्चमा सुधार हुन नसकेको प्रतिवेदनमा उल्लेख छ।

राजस्व परिचालन र वित्तीय हस्तान्तरण

अर्थमन्त्री पौडेलका अनुसार,

  • चालु आर्थिक वर्षको पुससम्म राजस्व परिचालन १२.७% ले बढेको छ।
  • आर्थिक वर्षको अन्त्यसम्म बजेटको लक्ष्यनजिक पुग्ने अनुमान।
  • प्रदेशलाई ३४ अर्ब ८९ करोड २२ लाखस्थानीय तहलाई १ खर्ब ५० अर्ब २६ करोड ८ लाख वित्तीय हस्तान्तरण।
  • मूल्य अभिवृद्धि कर र अन्तःशुल्कबाट प्रदेश र स्थानीय तहलाई ६४ अर्ब ५५ करोड ८० लाख बाँडफाँट गरिएको, जुन गत वर्षको तुलनामा १४.१७ प्रतिशतले बढी हो।

सरकारले खर्च व्यवस्थापन सुधार गर्ने बताउँदै समग्र आर्थिक वृद्धिलाई प्रभावकारी बनाउने योजना अघि सारेको छ।

साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...