HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

काठमाडौं महानगरद्वारा राप्रपालाई १ लाख जरिवाना

काठमाडौं महानगरद्वारा राप्रपालाई १ लाख जरिवाना
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्

 

काठमाडौं – काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई १ लाख रुपैयाँ जरिवाना गरेको छ। आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रममा संलग्न व्यक्तिहरूले सार्वजनिक स्थानहरूमा फोहोर गरेको र भौतिक क्षति पुर्याएको भन्दै महानगरले कारबाही गरेको हो।

महानगरका अनुसार एयरपोर्ट, तिलगंगा, गौशाला लगायतका स्थानमा सडक, सडकपेटी, आईल्याण्ड, विरुवा तथा रेलिङ्गहरूमा क्षति पुर्याइएको थियो। साथै, फोहोर फैलाएर वातावरण प्रदूषण गरेको आरोप लगाइएको छ।

महानगरको पत्रमा के भनिएको छ?

महानगरपालिकाले राप्रपालाई पठाएको पत्रमा उल्लेख छ –
"२०७८ फागुन २५ गते आयोजित कार्यक्रममा सहभागीहरूबाट सार्वजनिक स्थलमा फोहोर गरिएको, संरचनाहरूमा क्षति पुर्याइएको हुँदा 'फोहोरमैला व्यवस्थापन ऐन २०६८', 'काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७' तथा 'आर्थिक ऐन २००१' अनुसार १ लाख रुपैयाँ जरिवाना गरिन्छ।"

यस घटनापछि महानगरपालिकाले सार्वजनिक स्थानहरूको संरक्षण र सफाइ अभियानलाई अझै कडाइका साथ लागु गर्ने बताएको छ। राप्रपाले भने यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन।

साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...