HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

प्रधानमन्त्री ओलीको दाबी: बारम्बार विश्वासको मत लिने अवस्थाबाट संसद् मुक्त

प्रधानमन्त्री ओलीको दाबी: बारम्बार विश्वासको मत लिने अवस्थाबाट संसद् मुक्त
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्

 


प्रधानमन्त्री केपी शर्मा ओलीले अब संसद् बारम्बार विश्वासको मत लिने अवस्थाबाट मुक्त भएको दाबी गरेका छन्। उनले सत्ताका लागि भइरहने अस्थिरता अन्त्य भइसकेको भन्दै वर्तमान संसद् मजबुत रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

शुक्रबार प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सत्तासम्पादनका लागि भइरहने ‘विद्रूप खेल’ अब रोकिएको बताएका छन्।

संसद् स्थायित्वतर्फ उन्मुख

प्रधानमन्त्री ओलीले विगतका सरकार परिवर्तनका अवस्थालाई संकेत गर्दै भने, "गएको ६ महीनामा हाम्रो संसदीय राजनीतिमा दोहोर्‍याउन नपरेको एउटा सुखद पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु।" उनले सत्ताको नाममा भइरहने अस्थिरतालाई निरुत्साहित गर्दै संसद्लाई मजबुत बनाउने पहल सफल भएको बताए।

उनले थपे, "सत्ताको नाउँमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता-पत्ता खेलिरहने विद्रूप स्थितिमा अब रोक लागेको छ।"

प्रधानमन्त्री ओलीले जनताको समर्थन र संसद्को स्थायित्वमा पूर्ण विश्वास रहेको भन्दै विकास निर्माणका थालिएका परियोजनाहरूलाई तीव्र रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।

विकास निर्माणमा तीव्र गति

उनले देशको समृद्धिका लागि थालिएका ठूला परियोजनाहरू अघि बढिरहेको उल्लेख गर्दै पछिल्ला उपलब्धिहरूलाई संसद् सामु प्रस्तुत गरे।

  • हालै सम्पन्न सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ लाई उनले महत्वपूर्ण उपलब्धि बताएका छन्। उनले यो परियोजनाले सडक यात्राको असुरक्षा घटाउने र पूर्वाधारलाई दिगो बनाउने महत्त्वपूर्ण योगदान दिने बताए।
  • काठमाडौं-तराई मधेश द्रुतमार्ग अन्तर्गत मकवानपुरको धोद्रे सुरुङ, साथै भारत र चीनलाई जोड्ने जोगबनी-किमाथांका सडक परियोजनाहरू पनि तीव्र गतिमा अघि बढिरहेको उनले जानकारी गराए।
  • बुटवल-नारायणगढ खण्डको सडक निर्माण कार्य द्रुतगतिमा अघि बढिरहेको उनको भनाइ छ।

क्रिकेट रंगशाला निर्माणमा सरकारको प्रतिबद्धता

प्रधानमन्त्री ओलीले कीर्तिपुरस्थित क्रिकेट खेल मैदानलाई रंगशालाका रूपमा विकास गर्न मन्त्रिपरिषद्ले निर्णय गरिसकेको जानकारी दिए। रंगशालामा फ्लडलाइट जडानको प्रक्रिया अघि बढिसकेको छ, जसका लागि आवश्यक बोलपत्र आह्वान भइसकेको उनले बताए।

उनले तोकिएको समयभित्रै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताए। क्रिकेट खेलको अन्तर्राष्ट्रिय स्तरको विकासका लागि यो परियोजनालाई सरकारले प्राथमिकता दिएको उनको भनाइ थियो।

सम्बृद्धि यात्रा अविराम रहने ओलीको दाबी

प्रधानमन्त्री ओलीले देश समृद्ध बनाउने अभियान नरोकिने भन्दै विकासका योजनाहरू योजनाबद्ध रूपमा कार्यान्वयन भइरहेको बताए। उनले राजनीतिक स्थायित्वले मात्र आर्थिक विकास, पूर्वाधार सुधार र अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धनमा सघाउने दाबी गरे।

संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले दिएका अभिव्यक्तिहरूले सरकारका आगामी योजनाहरूको स्पष्ट संकेत गरेको छ।

साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...