HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

असोज १ देखि देशभर इम्बोस्ड नम्बर प्लेट अनिवार्य

असोज १ देखि देशभर इम्बोस्ड नम्बर प्लेट अनिवार्य
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्

 


काठमाडौं — सरकारले आगामी असोज १ गतेदेखि देशभर सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको छ। अब सातै प्रदेशका यातायात कार्यालयहरूबाट सवारी दर्ता, नामसारी वा नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ।

यसअघि केही क्षेत्र र श्रेणीमा मात्र प्रयोगमा ल्याइएको इम्बोस्ड नम्बर प्लेट अब सबै प्रदेशमा लागू गरिने भएको हो। यो निर्णय यातायात मन्त्रालयमा असार २० गते बसेको बैठकबाट गरिएको हो, जहाँ प्रदेशका भौतिक पूर्वाधार मन्त्री, सचिव तथा सम्बन्धित निकायका अधिकारीहरूको उपस्थिति थियो।

सरकारका अनुसार इम्बोस्ड नम्बर प्लेट लागू गर्नुको उद्देश्य सवारी साधनको पहिचानमा स्पष्टता ल्याउनु र नक्कली नम्बर प्लेट प्रयोगको सम्भावना हटाउनु हो। यसले डिजिटल प्रणालीमार्फत ट्र्याकिङ र निगरानीलाई समेत सहज बनाउनेछ।

थप निर्णयहरू:

  • सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अब सुरक्षा मुद्रण विधिबाट छापिनेछ। नयाँ ऐनअनुसार कोशी, बागमती र गण्डकी प्रदेशले तयारी सुरु गरिसकेका छन्।

  • सवारी दर्ता, नवीकरण, राजश्व भुक्तानी जस्ता प्रक्रिया विद्युतीय प्रणालीमार्फत सञ्चालन गरिनेछ।

  • राइड सेयरिङ सेवामा एकरूपता ल्याउने गरी स्पष्ट कार्यविधि बनाइनेछ।

  • १० वर्षे लाइसेन्स वितरणका लागि समान राजश्व संरचना अपनाइनेछ।

यातायात व्यवस्थालाई पारदर्शी, सुरक्षित र आधुनिक बनाउन सरकारले यो पहल अघि सारेको हो।

साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...