HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

इटहरी, भैरहवा र बुटवलमा निषेधाज्ञा : जेनजेड आन्दोलनले उग्र रूप लिएपछि प्रशासनको कडा कदम

इटहरी, भैरहवा र बुटवलमा निषेधाज्ञा : जेनजेड आन्दोलनले उग्र रूप लिएपछि प्रशासनको कडा कदम
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्

 


सुनसरी, २३ भदौ।

देशभर फैलिएको जेनजेड आन्दोलन उग्र बन्दै गएपछि प्रशासनले कर्फ्यु आदेश जारी गर्न बाध्य भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि इटहरी उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा लागू गरेको हो।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको हो।

इटहरीमा कुन–कुन क्षेत्रमा कर्फ्यु ?

जिल्ला प्रशासनले स्पष्ट पारेअनुसार निषेधाज्ञा लगाइएका क्षेत्र यस्ता छन् :

  • उत्तर – नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चोकसम्म

  • पूर्व – मिलन चोकदेखि जुट विकाससम्म

  • दक्षिण – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, यातायात व्यवस्था कार्यालय, साथी पेट्रोल पम्प, पुष्पलाल चोक हुँदै बसपार्कसम्म

  • पश्चिम – कलङ्की मोडदेखि जनताबस्ती क्षेत्रसम्म

कर्फ्यु आदेशअनुसार, यी क्षेत्रमा सभा, जुलुस, भेला, बैठक, प्रदर्शन वा घेराउ पूर्णतः निषेध गरिएको छ।

झडपपछि कडा निर्णय

भ्रष्टाचारविरुद्ध नाराबाजी गर्दै इटहरीमा प्रदर्शनमा उत्रिएका जेनजेड पुस्ता र प्रहरीबीच बिहानैदेखि झडप भएको थियो। स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले अश्रुग्यास प्रहार र हवाइफायर समेत गर्नुपरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक प्रवक्ता प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए।

उनका अनुसार, झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका कम्तीमा ६ जना सुरक्षाकर्मी घाइते भएका छन् भने प्रदर्शनकारीतर्फ पनि केही व्यक्तिहरू घाइते भएका छन्।

रुपन्देहीमा पनि निषेधाज्ञा

जेनजेड आन्दोलन रुपन्देहीमा पनि फैलिँदा जिल्ला प्रशासन कार्यालयले भैरहवा र बुटवलमा निषेधाज्ञा आदेश लागू गरेको छ।

भैरहवा

प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेद्वारा जारी आदेशअनुसार, आज अपराह्न ४ बजेबाट राति १० बजेसम्म निषेधाज्ञा जारी गरिएको हो।

  • पूर्व – रोहिणी खोला पुल

  • पश्चिम – बेथरी पुल

  • उत्तर – बुद्धचोक

  • दक्षिण – मेउडिहवा

बुटवल

त्यस्तै, बुटवलमा पनि संवेदनशील क्षेत्रलाई समेटेर कर्फ्यु आदेश जारी गरिएको छ।

  • पूर्व – पेट्रोलपम्प धागो कारखाना

  • पश्चिम – बेलबास चोक

  • उत्तर – चिडिया खोला

  • दक्षिण – मङ्गलापुर

  • साथै, बुटवल–भैरहवा सडकको दायाँ–बायाँ १०० मिटरभित्रको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ।

कानुनी व्यवस्था

निषेधाज्ञा आदेश जारी गरिएका क्षेत्रभित्र कुनै पनि प्रकारको आवतजावत, भेला, जुलुस, बैठक, प्रदर्शन वा घेराउ गर्न नपाइने कानुनी प्रावधान रहेको प्रशासनले चेतावनी दिएको छ।

साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...