HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

गौरीशंकर–३ झ्याँकुमा आगलागी, भूकम्पपछि पुनर्निर्माण गरिएको घर पूर्ण रूपमा नष्ट

गौरीशंकर–३ झ्याँकुमा आगलागी, भूकम्पपछि पुनर्निर्माण गरिएको घर पूर्ण रूपमा नष्ट
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्

दोलखा, साउन १६ —
दोलखाको गौरीशंकर गाउँपालिका–३ झ्याँकुको सर्सेपु क्षेत्रमा शनिबार दिउँसो भएको आगलागीमा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

प्रारम्भिक जानकारीअनुसार विद्युत् सर्ट भएर आगलागी सुरु भएको हो। आगो स्थानीयवासीको सक्रिय प्रयासपछि नियन्त्रणमा आए पनि निरबहादुर खड्काको घर जोगाउन भने सम्भव भएन।

आगलागीबाट भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत निर्माण गरिएको खड्काको घर पूर्ण रूपमा नष्ट भएको स्थानीय स्रोतले जनाएको छ। घरभित्र रहेका सामग्रीसमेत जलेर नष्ट हुँदा परिवारलाई ठूलो आर्थिक क्षति पुगेको छ।

स्थानीयवासीले तत्काल आगो निभाउने प्रयास गरेका कारण आगलागी थप घरमा फैलिन पाएन। समयमै नियन्त्रणमा लिएकाले थप क्षति हुनबाट जोगिएको बताइएको छ।

यस घटनामा कुनै मानवीय क्षति वा घाइते भएको जानकारी प्राप्त नभएको प्रारम्भिक विवरणमा उल्लेख छ। आगलागीबाट भएको क्षतिको यकिन विवरण सम्बन्धित निकायले संकलन गरिरहेको जनाइएको छ।

भूकम्पको पीडाबाट बिस्तारै उकासिँदै पुनःस्थापित जीवनयापन गरिरहेका परिवारमाथि आगलागीको यो घटनाले फेरि अर्को विपत्ति थपिएको भन्दै स्थानीयले पीडित परिवारलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

← नयाँ पोस्ट यो भन्दा नयाँ पोस्ट छैन
पुरानो पोस्ट → शीर्षक लोड हुँदैछ...

थप समाचार (More News)

समाचार लोड हुँदैछ...