HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

काठमाडौंमा हिंसात्मक प्रदर्शन: २ को मृत्यु, २२ घाइते

काठमाडौंमा हिंसात्मक प्रदर्शन: २ को मृत्यु, २२ घाइते
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्


काठमाडौंमा राजतन्त्र समर्थक प्रदर्शन उग्र बनेपछि शहरमा ठूलो क्षति भएको छ। हिंसात्मक झडपका कारण दुई जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन्।

स्थिति नियन्त्रण गर्न प्रहरीले गोली चलाउनुपरेको थियो। जिल्ला प्रशासन कार्यालयले सुरक्षा संवेदनशीलता बढेसँगै राति १० बजेसम्म तीनकुने-कोटेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

सञ्चारमाध्यम र व्यापारिक क्षेत्र निशानामा

प्रदर्शनकारीहरूले कान्तिपुर टेलिभिजनलगायत सञ्चारसंस्था तथा राजनीतिक दलका कार्यालयहरूमा तोडफोड र आगजनी गरेका छन्। साथै, भाटभटेनी सुपरमार्केटसहित विभिन्न व्यापारिक भवनहरूमा लुटपाट, आगजनी र तोडफोडको घटना भएको छ।

दमकल आगो निभाउन जाँदा प्रदर्शनकारीहरूले ढुंगामुढा प्रहार गर्दै आक्रमण गरेका थिए। तिनकुने क्षेत्रमा सुरक्षा घेरा तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास, पानीका फोहोरा, रबरका गोली तथा हवाई फायर गरेर भीडलाई तितरबितर गरेको थियो।

प्रहरी र प्रदर्शनकारीबीच दिनभर झडप

प्रदर्शनकारीहरूले दिनभर नै सुरक्षाकर्मीमाथि आक्रमण गर्दै ढुंगा प्रहार गरेका थिए। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गरेपछि प्रदर्शनकारीहरू झन् उग्र बन्दै विभिन्न निजी तथा सार्वजनिक सम्पत्तिमाथि तोडफोड गर्न थाले।

राष्ट्रिय मानवअधिकार आयोगको प्रतिक्रिया

राष्ट्रिय मानवअधिकार आयोगले घटनाको गम्भीरता बुझ्दै प्रदर्शन हिंसात्मक बनेको निष्कर्ष निकालेको छ। आयोगले हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्न सम्बन्धित निकायहरूलाई संयमता अपनाउन आग्रह गरेको छ।

साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...