HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

श्रमिकलाई न्यूनतम पारिश्रमिकभन्दा कम दिनु दण्डनीय: प्रधानमन्त्री ओली

श्रमिकलाई न्यूनतम पारिश्रमिकभन्दा कम दिनु दण्डनीय: प्रधानमन्त्री ओली
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्

 

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकहरूलाई न्यूनतम पारिश्रमिकभन्दा कम तलब दिनु दण्डनीय अपराध हुने बताएका छन्। आज जिफन्ट द्वारा आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८औँ वार्षिकोत्सव समारोह मा सम्बोधन गर्दै उनले श्रमिकहरूको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए।

न्यूनतम तलबको पालना गर्नुपर्ने सरकारको चेतावनी

कार्यक्रममा प्रधानमन्त्री ओलीले कुनै पनि बहानामा श्रमिकहरूलाई न्यूनतम पारिश्रमिकभन्दा कम दिन नहुनेमा जोड दिए। विशेष गरी नर्सहरूको न्यूनतम तलब सुनिश्चित गर्नुपर्ने भन्दै उनले श्रमिकहरूको सन्तुष्टि बिना उद्योग–व्यवसाय सहज रूपमा अघि बढ्न नसक्ने धारणा व्यक्त गरे।
"श्रमिकहरू भविष्यमा रोजगारदातामा पनि रूपान्तरण हुन सक्छन्। त्यसका लागि हामीले अनुकूल वातावरण सिर्जना गर्नुपर्छ," उनले भने।

सरकार, रोजगारदाता, र श्रमिकबीच संवाद आवश्यक

प्रधानमन्त्री ओली, जो नेकपा (एमाले) का अध्यक्षसमेत छन्, परिवर्तनको मर्मअनुसार अघि बढ्न आवश्यक रहेको बताए।
"हामीले अन्तर्राष्ट्रिय मान्यताअनुसार सरकार, रोजगारदाता र श्रमिकलाई ‘विन-विन’ स्थितिमा ल्याउन संवादमार्फत समाधान खोज्नुपर्छ। सरकार तटस्थ बसेर निष्पक्ष निर्णय लिनुपर्छ," उनले भने।

जात, धर्म, संस्कृतिका नाममा विभाजनको प्रयासप्रति आपत्ति

प्रधानमन्त्री ओलीले नेपाली समाजलाई विभाजन गर्ने प्रवृत्तिको कडा आलोचना गर्दै विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
"हामीलाई अनावश्यक विरोधसँग कुनै चासो छैन। हाम्रो लक्ष्य देशको समृद्धि हो, निरर्थक विरोधको प्रवृत्ति आफैं सेलाएर जान्छ," उनले बताए।

हिमालय संरक्षणका लागि विश्वव्यापी सहकार्यको आवश्यकता

हिमाल पग्लिएर मानवीय सभ्यतामा असर पार्न थालेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हिमालदेखि समुद्रसम्मको पारिस्थितिक सन्तुलन जोगाउन अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए।

साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...