HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

जनताको अधिकारको रक्षा माओवादीकै जिम्मेवारी: अध्यक्ष प्रचण्ड

जनताको अधिकारको रक्षा माओवादीकै जिम्मेवारी: अध्यक्ष प्रचण्ड
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्

 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नेतृत्व र लाखौं जनताको बलिदानबाट प्राप्त राजनीतिक अधिकारको रक्षा, प्रयोग, र विकास गर्ने जिम्मेवारी माओवादीकै रहेको बताएका छन्।

कैलालीको टीकापुरमा सुरु भएको थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलन को उद्घाटन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र जनताको बलिदानीपूर्ण संघर्षबाट स्थापित भएको स्पष्ट पारे।

संघीयता र समावेशी अधिकार खोस्ने प्रयासप्रति चेतावनी

उनले पछिल्लो समय संघीयता, समावेशिता, र समानुपातिक प्रतिनिधित्वजस्ता अधिकार खोस्ने कुचेष्टा भइरहेको आरोप लगाउँदै, त्यसविरुद्ध माओवादी दृढतापूर्वक उभिने बताए।
"भ्रष्ट र दलाल शक्तिहरू जनताको अधिकार खोस्न खोजिरहेका छन्। हामी सबै षड्यन्त्रलाई परास्त गर्दै जनताले प्राप्त गरेको अधिकारको रक्षा गर्नेछौं," प्रचण्डले भने।

जातीय क्षेत्रीय मोर्चा र समाजवादी क्रान्तिको महत्त्व

अध्यक्ष प्रचण्डले माओवादीले जातीय क्षेत्रीय मोर्चाको भूमिकाबारे स्पष्ट धारणा बनाएको बताए।
"पहिले जनवादी क्रान्तिको क्रममा आत्मनिर्णयको अधिकार र जातीय क्षेत्रीय मोर्चाको अवधारणा महत्त्वपूर्ण थियो। अब समाजवादी क्रान्तिमा यसको अझै बढी आवश्यकता छ भन्ने निष्कर्षमा हामी पुगेका छौं," उनले भने।

उनले जनयुद्धमा जातीय क्षेत्रीय मोर्चाहरूको बलिदानीपूर्ण योगदानबिना संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव नहुने बताए। संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार जनयुद्धमा सबैभन्दा धेरै बेपत्ता पारिएका नागरिक बर्दिया जिल्लाका रहेको उनले उल्लेख गरे।

थारू समुदायका अधिकार र माओवादीको नेतृत्व

अध्यक्ष प्रचण्डले थारू समुदायका अधिकार स्थापित गर्न माओवादीले अग्रणी भूमिका खेलेको बताउँदै अझै केही कार्यभार बाँकी रहेको स्वीकार गरे।
"थारू आयोगको व्यवस्था, थारू समुदायलाई मधेसी क्लस्टरबाट अलग्याउने र समावेशी समानुपातिक अधिकार सुनिश्चित गर्ने कार्य माओवादीकै नेतृत्वमा भएको हो। अरूको भ्रममा नपर्न आग्रह गर्छु," उनले भने।

प्रचण्डले थारू समुदायको नेतृत्व माओवादीले नै गर्ने प्रतिबद्धता जनाउँदै, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई पनि माओवादीमा समाहित हुन आह्वान गरे।

टीकापुर घटनाबारे प्रचण्डको भनाइ

अध्यक्ष प्रचण्डले टीकापुर घटनामा जालझेल गरिएको भन्दै, रेशम चौधरीलाई जेलमा राखिराख्नु अन्याय हुने बताए।
"मैले प्रधानमन्त्री हुँदा चौधरीलाई रिहा गर्ने निर्णय गरियो। यो संघर्षलाई सम्मान गर्दै न्यायसंगत समाधान खोज्नुपर्छ," उनले थपे।

कमैया-कम्लरी प्रथा उन्मूलन र किसान आन्दोलन

कमैया-कम्लरी प्रथा पहिलेभन्दा कम भए पनि अझै केही स्थानमा कायम रहेको उल्लेख गर्दै, उनले सामन्तवादको बाँकी अवशेष हटाउन थारू समुदायले सशक्त संघर्ष गर्नुपर्ने बताए।

दाङका स्वर्गद्वारी गुठी पीडित किसानलाई न्याय दिन आफ्नो नेतृत्वको सरकारले विधेयक मस्यौदा अघि बढाएको तर सरकार परिवर्तन भएपछि प्रक्रिया रोकिएको बताउँदै, उनले हाल किसानमाथि दमन भइरहेकोप्रति असन्तुष्टि व्यक्त गरे।
"सडक संघर्षमा हाम्रो पार्टीको पूर्ण समर्थन रहनेछ," प्रचण्डले बताए।

साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...