HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

कुलमान घिसिङ कानुनी लडाइँको तयारीमा

कुलमान घिसिङ कानुनी लडाइँको तयारीमा
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्

कुलमान घिसिङ कानुनी लडाइँको तयारीमा


नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले आफूलाई बर्खास्त गरेको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने तयारी गरिरहेका छन्।

कानुनी परामर्शमा घिसिङ

नेपाल समाचारपत्रसँगको संक्षिप्त कुराकानीमा घिसिङले हाल कानुनी परामर्शमा रहेको र छिट्टै कानुनी प्रक्रिया अघि बढाउने बताएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको थियो। यद्यपि, सरकारले औपचारिक रूपमा मंगलबार मात्रै यसको घोषणा गर्यो, भने सञ्चार माध्यमहरूमा सोमबार रातिदेखि नै खबर बाहिर आइसकेको थियो।

घिसिङको कार्यकाल र विवाद

घिसिङको दोस्रो कार्यकाल आगामी साउनमा समाप्त हुँदै थियो। तर, भारतबाट विद्युत् खरिद, डेडिकेटर फिडर तथा ट्रंक लाइन महसुल बक्यौतासम्बन्धी विषयमा सरकारसँग मतभेद देखिएपछि, उनलाई आधा दर्जन स्पष्टीकरण सोधिएको थियो। यी विषयहरूकै कारण अन्ततः सरकार र घिसिङबीचको दूरी बढ्दै गयो, जसले उनको पदमुक्तिसम्मको अवस्था सिर्जना गर्यो।

अब घिसिङले कानुनी उपचारमार्फत न्याय खोज्ने बताएका छन्, जसले यो विषय झन् चासोको केन्द्र बन्ने देखिन्छ।

साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...