कुलमान घिसिङ कानुनी लडाइँको तयारीमा
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले आफूलाई बर्खास्त गरेको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने तयारी गरिरहेका छन्।
कानुनी परामर्शमा घिसिङ
नेपाल समाचारपत्रसँगको संक्षिप्त कुराकानीमा घिसिङले हाल कानुनी परामर्शमा रहेको र छिट्टै कानुनी प्रक्रिया अघि बढाउने बताएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको थियो। यद्यपि, सरकारले औपचारिक रूपमा मंगलबार मात्रै यसको घोषणा गर्यो, भने सञ्चार माध्यमहरूमा सोमबार रातिदेखि नै खबर बाहिर आइसकेको थियो।
घिसिङको कार्यकाल र विवाद
घिसिङको दोस्रो कार्यकाल आगामी साउनमा समाप्त हुँदै थियो। तर, भारतबाट विद्युत् खरिद, डेडिकेटर फिडर तथा ट्रंक लाइन महसुल बक्यौतासम्बन्धी विषयमा सरकारसँग मतभेद देखिएपछि, उनलाई आधा दर्जन स्पष्टीकरण सोधिएको थियो। यी विषयहरूकै कारण अन्ततः सरकार र घिसिङबीचको दूरी बढ्दै गयो, जसले उनको पदमुक्तिसम्मको अवस्था सिर्जना गर्यो।
अब घिसिङले कानुनी उपचारमार्फत न्याय खोज्ने बताएका छन्, जसले यो विषय झन् चासोको केन्द्र बन्ने देखिन्छ।
साचै यो पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
खुशी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
रिसाएका