HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

राजावादी गतिविधिविरुद्ध युवा सङ्गठनहरूको कडा प्रतिरोधको चेतावनी

राजावादी गतिविधिविरुद्ध युवा सङ्गठनहरूको कडा प्रतिरोधको चेतावनी
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्


छ वटा प्रमुख राजनीतिक दलका युवा सङ्गठनहरूले राजावादी गतिविधि जारी रहनु भएमा कडा प्रतिकार गर्ने चेतावनी दिएका छन्।

नेपाल तरुणदल, राष्ट्रिय युवा सङ्घ नेपाल, योङ कम्युनिष्ट नेपाल, युवा सङ्घ नेपाल, युवा संगठन नेपाल र नेपाल समाजवादी युवा सङ्घले संयुक्त विज्ञप्ति निकालेर 'सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ' कडा प्रतिरोध गर्ने संकेत गरेका छन्।

अराजकता र हिंसात्मक गतिविधिको विरोध

विज्ञप्तिमा भनिएको छ कि पूर्वराजा ज्ञानेन्द्र शाहको प्रोत्साहनमा अराजकपन्थी नेता दुर्गा प्रसाईं र रविन्द्र मिश्रको नेतृत्वमा केही समूहले काठमाडौंका तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा अराजकता र हिंसा फैलाएका छन्। उनीहरूको आरोप छ कि प्रतिगमनका नाममा सार्वजनिक सम्पत्ति, सवारी साधन, सञ्चार गृह र सुपरमार्केटमा तोडफोड र लुटपाट मच्चाइ समाजमा आतंक फैलाइएको छ।

संविधान र लोकतान्त्रिक मूल्यमान्यतामा अडान

युवा सङ्गठनहरूले स्पष्ट रुपमा भनेका छन् कि, "नेपाली नागरिकले सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कुनै पनि गतिविधि अस्वीकार्य र अक्षम्य हुनेछ।"

उनीहरूले लोकतन्त्रको पक्षमा खडा हुने र संविधानसँग मेल नगर्ने कुनै पनि गतिविधि बिपरीत हुने र कडा प्रतिकार गर्ने चेतावनी दिएका छन्।

कानूनी कारवाहीको माग

युवा सङ्गठनहरूले संविधान विरोधी गतिविधि गर्ने, समाजमा विखण्डन ल्याउने, हिंसा भड्काउने वा गणतन्त्रको विरोध गर्ने कुनै पनि समूह वा व्यक्तिलाई छिटो कानूनी कारवाहीमा ल्याउने माग पनि गरेका छन्।

समाजको स्थिरता र समृद्धिका लागि अपिल

उनीहरूले समाजमा हुने यस्ता अपराधजन्य कार्यहरू प्रति नागरिकलाई सचेत रहन र लोकतान्त्रिक प्रणालीलाई अझ प्रगति गर्ने, कमीकमजोरीहरू सच्याउने खबरदारी गर्न अपिल गरेका छन्।


साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...