HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

आसामबाट पक्राउ परेका दुर्गा प्रसाईँलाई भद्रपुर विमानमार्ग हुँदै काठमाडौं ल्याइँदै

आसामबाट पक्राउ परेका दुर्गा प्रसाईँलाई भद्रपुर विमानमार्ग हुँदै काठमाडौं ल्याइँदै
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्

 


तीनकुनेको प्रदर्शन स्थलबाट फरार रहेका दुर्गा प्रसाईँलाई भारतीय प्रहरीले आसामबाट पक्राउ गरी नेपाली अधिकारीको जिम्मा लगाएको छ। उनलाई नेपाल फर्काउने प्रक्रिया प्रारम्भ भइसकेको छ।

प्रसाईँलाई झापाको काँकडभिट्टा नाका हुँदै ल्याउने प्रारम्भिक योजना भए पनि समर्थकहरूको भीड त्यहाँ जम्मा हुन थालेपछि सुरक्षालाई मध्यनजर गर्दै नाका परिवर्तन गरिएको प्रहरी स्रोतले जनाएको छ।

अब उनलाई काँकडभिट्टा नाकाबाट नभई भद्रपुर विमानस्थलमार्ग हुँदै काठमाडौँ ल्याउने तयारी भइरहेको छ। प्रहरीले सम्भावित अवरोध र अप्रिय घटना हुन नदिनका लागि सुरक्षा सतर्कता बढाएको छ।

यसअघि पनि प्रसाईँका समर्थकहरूले विभिन्न ठाउँमा विरोध प्रदर्शन गर्दै आएका थिए। प्रहरीले स्थिति नियन्त्रणमा राख्न आवश्यक कदम चालिरहेको जनाएको छ।


साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...