HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

शिक्षाको गिरावट : बिगुका चार विद्यालयमा शून्य नतिजा, दोष कसको?

शिक्षाको गिरावट : बिगुका चार विद्यालयमा शून्य नतिजा, दोष कसको?
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्

बिगु गाउँपालिकाका चार विद्यालयमा शून्य नतिजा : शिक्षाको गिरावटको दोषी को?

दोलखा — यस वर्षको कक्षा ८ को नतिजा अत्यन्तै निराशाजनक देखिएको छ, जसका कारण सामाजिक सञ्जालमा यसबारे चर्को बहस चलिरहेको छ। विशेष गरी, बिगु गाउँपालिकाका चार विद्यालयको नतिजा शून्य प्रतिशत (०%) आएको छ। यसै सूचीमा बिगु–२ ओराङ्गस्थित श्री देवालिंगेश्वर मावि समेत परेको छ।

सफल भविष्य युवा समाज ओराङ्गका अध्यक्ष करण तामाङ भन्छन्, "हाम्रो विद्यालयको पठनपाठन प्रणाली पहिलेदेखि नै प्रभावकारी थिएन। हामीले २०८१ साल फागुन ६ गते विद्यालय प्रशासनलाई पत्र लेखेर सुधारको माग गरेका थियौं। तर, विद्यालय प्रशासनले त्यसलाई अस्वीकार गर्दै अभिभावकहरूलाई नै दोष लगाउने प्रवृत्ति अपनायो।"

तामाङ थप्नुहुन्छ विद्यालयका प्रधानाध्यापकका अनुसार, "विद्यालय सञ्चालनका लागि पर्याप्त आर्थिक स्रोतको अभाव छ। यही कारण विद्यालय व्यवस्थापन गर्न कठिन भइरहेको छ।"

विद्यालय प्रशासनले नतिजा कमजोर हुनुमा अभिभावकहरूको असहयोग र विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचिको कमीलाई दोष दिएको छ।

अब प्रश्न उठ्छ— विद्यालयहरूको शून्य नतिजाको मुख्य दोष कसको हो?
विद्यालय प्रशासन
शिक्षकहरूको शिक्षण प्रणाली
व्यवस्थापन समिति
अभिभावकहरूको भूमिका

स्थानीयबासीहरूले अब ठोस सुधारको माग गरिरहेका छन्। शिक्षा क्षेत्रमा सुधार गर्न सरोकारवालाहरूको भूमिका के हुनुपर्छ भन्ने बहसलाई समयमै सम्बोधन नगर्ने हो भने भविष्यमा यस्ता समस्याहरू झन् गम्भीर बन्ने चिन्ता व्यक्त गरिएको छ।

साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...