लगातार वर्षासँगै ओराङमा पहिरोको आतंक

हिमाल न्यूज दर्पण

दोलखा, ४ साउन २०८२ – गए राति लगातार भारी वर्षासँगै दोलखाको बिगु गाउँपालिका–२, ओराङका विभिन्न स्थानहरूमा बाढी र पहिरो गएको छ। विभिन्न समयमा पहिरो खस्ने क्रम चलेकोमा राति करिब १० बजे मिडियाकर्मी करण तामाङको घरसमेत आगनसहित पहिरोमा परेको छ र अहिले पनि उच्च जोखिममा रहेको छ।

तामाङका अनुसार, “कुनै जनहानि नभए पनि घर र वरपरको क्षेत्र असुरक्षित बनेको छ।” उनका भनाइअनुसार, अहिले स्थानीय बासिन्दा वर्षा र पहिरोको जोखिमका कारण त्रासमा रहेका छन्।

यस विषयमा वडा अध्यक्षसँग फोन संवाद गर्दा उहाँले भन्नुभयो, “तत्कालका लागि त्रीपाल पठाएको छु। पछि ग्याबिन जालीको व्यवस्था हुनेछ। बस्नै नमिल्ने घरधुरीलाई तत्काल २ लाख रुपैयाँसम्म सहयोग गर्न सकिने नियम पनि हालै बनाइएको छ।” पहिरोका कारण आवतजावतमा समस्या आएको छ भने अझै वर्षा जारी भएकाले थप जोखिम हुने अनुमान गरिएको छ।

दोलखा पहिरो प्रभावित क्षेत्रका बासिन्दाले तत्काल जोखिम मूल्यांकन र राहतका लागि सम्बन्धित निकायलाई चाँडो पहल गर्न आग्रह गरेका छन्।

साचै यो पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
😀
खुशी
0%
😢
दुखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
रिसाएका

#buttons=(ठीक छ, अगाडि बढौं!) #days=(20)

हाम्रो वेबसाइट हिमाल न्युज दर्पण तपाईंको अनुभवलाई अझ राम्रो बनाउन कुकिज प्रयोग गर्दछ। जाँच गर्नुस्
Ok, Go it!