HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

लगातार वर्षासँगै ओराङमा पहिरोको आतंक

लगातार वर्षासँगै ओराङमा पहिरोको आतंक
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्

दोलखा, ४ साउन २०८२ – गए राति लगातार भारी वर्षासँगै दोलखाको बिगु गाउँपालिका–२, ओराङका विभिन्न स्थानहरूमा बाढी र पहिरो गएको छ। विभिन्न समयमा पहिरो खस्ने क्रम चलेकोमा राति करिब १० बजे मिडियाकर्मी करण तामाङको घरसमेत आगनसहित पहिरोमा परेको छ र अहिले पनि उच्च जोखिममा रहेको छ।

तामाङका अनुसार, “कुनै जनहानि नभए पनि घर र वरपरको क्षेत्र असुरक्षित बनेको छ।” उनका भनाइअनुसार, अहिले स्थानीय बासिन्दा वर्षा र पहिरोको जोखिमका कारण त्रासमा रहेका छन्।

यस विषयमा वडा अध्यक्षसँग फोन संवाद गर्दा उहाँले भन्नुभयो, “तत्कालका लागि त्रीपाल पठाएको छु। पछि ग्याबिन जालीको व्यवस्था हुनेछ। बस्नै नमिल्ने घरधुरीलाई तत्काल २ लाख रुपैयाँसम्म सहयोग गर्न सकिने नियम पनि हालै बनाइएको छ।” पहिरोका कारण आवतजावतमा समस्या आएको छ भने अझै वर्षा जारी भएकाले थप जोखिम हुने अनुमान गरिएको छ।

दोलखा पहिरो प्रभावित क्षेत्रका बासिन्दाले तत्काल जोखिम मूल्यांकन र राहतका लागि सम्बन्धित निकायलाई चाँडो पहल गर्न आग्रह गरेका छन्।

साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...