HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

ड्राइभिङ लाइसेन्स छपाइमा नयाँ नीति: म्याद थोरै भएका ३ लाख कार्ड नछापिने

ड्राइभिङ लाइसेन्स छपाइमा नयाँ नीति: म्याद थोरै भएका ३ लाख कार्ड नछापिने
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्

 

सवारी चालक अनुमतिपत्रको पर्खाइमा रहेका सेवाग्राहीलाई छिट्टै नवीकरणको विकल्प दिएर १० वर्षे अवधिको नयाँ स्मार्ट कार्ड उपलब्ध गराउने यातायात व्यवस्था विभागको तयारी।

काठमाडौँ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइमा हुने राज्यको ठुलो आर्थिक भार र प्रशासनिक झन्झट कम गर्न यातायात व्यवस्था विभागले नयाँ रणनीति अघि सारेको छ। विभागले एक वर्षभन्दा कम अवधि बाँकी रहेका करिब तीन लाख प्रति डिजिटल स्मार्ट कार्डहरू अब नछाप्ने योजना बनाएको हो। लामो समयदेखि मुद्रणको पर्खाइमा रहेका र नवीकरणको समय नजिकिइसकेका कार्डहरू छाप्दा सरकारी स्रोतको दुरुपयोग हुने तथा सेवाग्राहीलाई समेत खासै लाभ नहुने निष्कर्ष निकाल्दै विभागले यस किसिमको आन्तरिक तयारी तीव्र पारेको छ।

लाइसेन्स छपाइको पर्खाइमा रहँदै दैनिक रूपमा आठ सयभन्दा बढी कार्डहरूको म्याद गुज्रिरहेको विभागको तथ्याङ्क छ। मुद्रण गर्न बाँकी रहेका ती लाखौँ आवेदकहरूमध्ये अधिकांश वैदेशिक रोजगारी वा अन्य कामको सिलसिलामा मुलुक बाहिर रहेको विभागको अनुमान छ। विदेशमा रहेका नागरिकहरू स्वदेश फर्कने बेलासम्म छापिएका कार्डको अवधि नै समाप्त भइसक्ने भएकाले पनि यो कदम व्यवहारिक हुने अधिकारीहरूको बुझाइ छ।

सेवाग्राहीलाई १० वर्षे अवधिको नयाँ कार्डको विकल्प लाइसेन्सको दस्तुर बुझाइसकेका नागरिकमा पर्न सक्ने असन्तुष्टिलाई सम्बोधन गर्न विभागले विशेष विकल्प अघि सार्ने भएको छ। जसअनुसार, म्याद कम भएका चालकहरूलाई तोकिएको समयभन्दा अगावै नवीकरण गर्ने विशेष सुविधा प्रदान गरिनेछ। यसरी बेलैमा नवीकरण प्रक्रियामा जाँदा सेवाग्राहीले एकै पटक १० वर्षको दीर्घकालीन अवधि भएको नयाँ स्मार्ट कार्ड प्राप्त गर्न सक्नेछन्। यद्यपि, कुनै चालकले आफ्नो बाँकी अवधिकै भौतिक कार्ड अनिवार्य रूपमा आवश्यक परेको माग गरेमा भने विभागले त्यस्तो अनुमतिपत्र छापेर उपलब्ध गराउने स्पष्ट पारेको छ।

हाल नागरिक एपमा देखिने डिजिटल लाइसेन्सले कानुनी वैधता पाइसकेका कारण भौतिक रूपमा कार्ड नहुँदा पनि सवारी चलाउन वा जाँचका क्रममा कुनै व्यवधान नहुने विभागले जनाएको छ। सुरक्षण मुद्रण केन्द्रसँग भएको सम्झौता बमोजिम कुल २९ लाखमध्ये २४ लाख कार्ड छापिसकिएको छ भने असार मसान्तभित्र थप दुई लाख प्रति वितरणका लागि तयार गरिनेछ। आगामी आर्थिक वर्षदेखि भने लाइसेन्स आवेदन दिएका नागरिकको घरमै हुलाकमार्फत कार्ड पुर्‍याउने प्रणालीसमेत सुरु गर्ने विभागको योजना छ।

साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...