HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

अर्जुन दोङ नै थिए पुरानो भाइरल भिडिओमा रड बोकेर झगडा गर्ने चालक

अर्जुन दोङ नै थिए पुरानो भाइरल भिडिओमा रड बोकेर झगडा गर्ने चालक
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्

 

काठमाडौं — सोमबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको बस स्टप नजिकै बसभित्र आत्मदाह प्रयास गरेका चालक अर्जुन दोङको उपचारका क्रममा निधन भएको छ। ट्राफिक प्रहरीसँगको विवादपछि आक्रोशित बनेका उनले बसभित्रै आत्मदाह प्रयास गरेका थिए।

घटनापछि ट्राफिक प्रहरीसँग विवाद भइरहेको, सडक अवरुद्ध हुने गरी बस तेर्स्याइएको, बसमा आगलागी भएको तथा आगोसँगै चालक जलिरहेको लगायतका भिडिओ सामाजिक सञ्जालमा भाइरल भएका छन्।

यसैबीच, करिब तीन महिनाअघिको एउटा पुरानो भिडिओ पनि अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उक्त भिडिओमा बस चालकले गाडी रोकेर रड निकाल्दै झैझगडामा उत्रिएको देखिन्छ।

सामाजिक सञ्जालमा फैलिएको दाबीअनुसार पुरानो भिडिओमा देखिएका चालक र सोमबार त्रिपुरेश्वरमा बस जलाएर आत्मदाह गरेका चालक एउटै व्यक्ति हुन्।

यस दाबीको सत्यता बुझ्न भिडिओ तथा उपलब्ध दृश्यहरूको तुलनात्मक विश्लेषण गरिएको थियो। विश्लेषणका क्रममा पुरानो भिडिओ गएको साउनको पहिलो साता अर्थात् जुलाई २१/२२ तिर भाइरल भएको पाइएको छ।

पुरानो भिडिओमा देखिएको बस ऋद्धि सिद्धि यातायातकै रहेको देखिन्छ। बसको माथिल्लो भागमा स्काईवर्थ ब्रान्डको विज्ञापन देखिन्छ। सोमबार त्रिपुरेश्वरमा आगलागी भएको बसको सोही भागमा भने इन्टरनेट सेवा प्रदायक भायानेटको विज्ञापन रहेको छ।

सोमबार जलेको बसको नम्बर बा ५ ख ४२७४ हो। पुरानो भिडिओमा देखिएको बसको नम्बर भने स्पष्ट रूपमा खुल्दैन।

दुवै बस एउटै कम्पनीका भएकाले रङरोगन मिल्नु स्वाभाविक भए पनि गाडीमा देखिएका दाग तथा कोरिएका रेखाहरू भने पुरानो र नयाँ भिडिओमा देखिएको बसमा दुरुस्त मिलेको विश्लेषणमा पाइएको छ। यसले दुवै भिडिओमा देखिएको बस एउटै रहेको देखाएको छ।

त्यसपछि चालकको हुलियासमेत तुलना गरिएको थियो। पुरानो भिडिओमा चालकको अनुहार पूर्ण रूपमा प्रस्ट देखिँदैन। तर कपाललगायत बाहिरी हुलिया भने मेल खाएको देखिन्छ।

पुरानो १ मिनेट ३६ सेकेन्ड लामो भिडिओबाट चालकको अनुहार तुलनात्मक रूपमा प्रस्ट देखिने किफ्रेम निकालेर सोमबारको घटनासँग सम्बन्धित भिडिओका किफ्रेमसँग तुलना गरिएको थियो।

तुलनाका क्रममा दुवै भिडिओमा देखिएका चालकको अनुहारको बनावट, भाव र हुलिया मिल्दोजुल्दो देखिएको छ।

यस डिजिटल विश्लेषणसँगै ऋद्धि सिद्धि यातायातका सञ्चालक तथा सोही गाडीका मालिक लव केसीले पनि यस विषयमा पुष्टि गरेका छन्।

केसीका अनुसार पुरानो भाइरल भिडिओमा रड बोकेर झैझगडामा उत्रिएका चालक र सोमबार त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादपछि बसभित्रै आत्मदाह गरेका चालक एकै व्यक्ति अर्थात् अर्जुन दोङ हुन्।

यसरी पुरानो भिडिओमा देखिएको बस, गाडीमा रहेका चिन्ह तथा चालकको हुलियाको तुलनात्मक विश्लेषण र यातायात सञ्चालकको भनाइले दुवै घटनामा देखिएका चालक एउटै व्यक्ति भएको पुष्टि भएको छ।

साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...