HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

एमालेले मंसिर २६ मा वडा र पुस ४ मा पालिका अधिवेशन गर्ने

एमालेले मंसिर २६ मा वडा र पुस ४ मा पालिका अधिवेशन गर्ने
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्

 13 Nominated as CPN-UML Central Members, Dates Set for Ward and Local-Level Conventionsकाठमाडौं। नेकपा (एमाले) ले आगामी मंसिर २६ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबारदेखि बसेको स्थायी कमिटीको पहिलो बैठकले अधिवेशनको मिति तय गरेको हो।

बैठकले आगामी मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ। महासचिव शंकर पोखरेलद्वारा जारी प्रेस वक्तव्यअनुसार भेलामा प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष तथा विभिन्न तहका जनप्रतिनिधिहरू सहभागी हुनेछन्।

वडा र पालिका अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने एमालेको तयारी छ। पार्टीको संगठनात्मक गतिविधिलाई थप व्यवस्थित बनाउँदै तल्लो तहदेखि माथिल्लो तहसम्मको संरचनालाई सक्रिय बनाउने उद्देश्यले अधिवेशन तथा भेला आयोजना गर्न लागिएको हो।

त्यस्तै, बैठकले मधेश प्रदेशसभामा पार्टीका समानुपातिक सांसद जैनब खातुनको निधनपछि रिक्त रहेको स्थानमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा सिफारिस पठाउने निर्णय गरेको छ।

बैठकले २३ जिल्लामा जिल्ला तहकै निर्णयअनुसार अध्यक्ष तोकेर संगठन कमिटीमा स्थानान्तरण गर्ने र त्यसलाई माथिल्लो कमिटीबाट अनुमोदन गराउने प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ।

यसैगरी, बैठकले १३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको छ। मनोनयन हुनेमा सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया विष्ट (कञ्चनपुर), सीता पंगेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा. पुष्पा केसी भण्डारी (कास्की), धर्मप्रसाद साह (सिरहा), तेजमान कन्दङ्वा (तेह्रथुम), टंक आङबुहाङ (ताप्लेजुङ), नवीन रोक्का (रोल्पा), मिनप्रसाद गुरुङ (स्याङ्जा), डबल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) रहेका छन्।

स्थायी कमिटीको उक्त बैठकका निर्णयसँगै एमालेले आगामी दिनमा संगठन विस्तार, आन्तरिक संरचना व्यवस्थापन र पार्टीका विभिन्न तहमा नेतृत्व चयनसम्बन्धी गतिविधिलाई तीव्रता दिने देखिएको छ।

साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

← नयाँ पोस्ट यो भन्दा नयाँ पोस्ट छैन
पुरानो पोस्ट → शीर्षक लोड हुँदैछ...

थप समाचार (More News)

समाचार लोड हुँदैछ...