HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

कांग्रेसको १५औँ महाधिवेशन: उपसभापति र महामन्त्री पदको मतगणना सुरु

कांग्रेसको १५औँ महाधिवेशन: उपसभापति र महामन्त्री पदको मतगणना सुरु
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्

 Congress General Convention: Vote counting for vice president and general secretary begins

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदका उम्मेदवारहरूको मतगणना शनिबार साँझदेखि सुरु भएको छ। निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार खुला उपसभापति तथा महामन्त्री पदका उम्मेदवारहरूको मतगणना शनिबार साँझ ७:३० बजेदेखि सुरु गरिएको हो।

मतगणना सुरु गर्नुअघि निर्वाचन समितिले सम्बन्धित पदका उम्मेदवारहरूसँग छलफल गरेको थियो। छलफलपछि उम्मेदवारहरूकै रोहवरमा मतपेटिका खोलेर गणना प्रक्रिया अघि बढाइएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समिति सदस्यसचिव राजु कटुवालका अनुसार उपसभापति र महामन्त्री पदको मतगणना पार्टीको केन्द्रीय कार्यालय सानेपामा रहेका १४ वटा कोठामा भइरहेको छ। मतगणनालाई व्यवस्थित र पारदर्शी बनाउन सीसीटीभी क्यामेरा जडान गर्नुका साथै मतगणनामा सहभागी हुने प्रतिनिधिहरूको नाम संकलन गरेर गणना प्रक्रिया सुरु गरिएको हो।

यसअघि शुक्रबार राति मतदान सम्पन्न भएपछि सभापति पदको मतगणना गरिएको थियो। सभापति पदमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई पराजित गर्दै विजय हासिल गरेका थिए। थापाले कुल मतको झन्डै ९४ प्रतिशत प्राप्त गरेको बताइएको छ।

सभापतिमा निर्वाचित भएपछि थापाले शनिबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै निर्वाचनमा प्रतिस्पर्धा गरेका खड्गीसहित आगामी मतपरिणाममा पराजित हुने सबै उम्मेदवारलाई समेटेर पार्टीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उपसभापति र महामन्त्री पदको मतगणना जारी रहँदा कांग्रेसको नयाँ नेतृत्वमा को–को निर्वाचित हुनेछन् भन्ने विषयमा पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूको चासो बढेको छ।

साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...