विगु गाउँपालिका-२ ओराङस्थित श्री देवलिङ्गेश्वर माविका १७ वर्षीय छात्र प्रविन तामाङको मृत्यु भएको हो। उ जगतमा परीक्षा दिन आएका थिए।
साथीहरूको जानकारी अनुसार, आज बिहीबार अंग्रेजी विषयको परीक्षा दिएर कोठामा फर्किएका प्रविन दिउँसो १२ बजेतिर तामाकोशी नदीमा नुहाउन गएका थिए। त्यही क्रममा पानीमा डुबेर बेहोस भएका उनलाई तत्काल उद्धार गरी अस्पताल लैजान खोजिए पनि ज्यान जोगाउन सकिएन।
हाल प्रविनको शव पोष्टमार्टमका लागि चरिकोट लगिएको छ। परीक्षार्थीको असामयिक निधनले स्थानीय बासिन्दा, शिक्षक तथा सहपाठीहरू शोकमा छन्।
साचै यो पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
खुशी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
रिसाएका