HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

दोलखाको विगु-२ जगतमा एसइई परीक्षार्थीको डुबेर मृत्यु

दोलखाको विगु-२ जगतमा एसइई परीक्षार्थीको डुबेर मृत्यु
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्

दोलखा, विगु-२ – एसईई परीक्षा दिन आएका एक परीक्षार्थीको डुबेर मृत्यु भएको छ।

विगु गाउँपालिका-२ ओराङस्थित श्री देवलिङ्गेश्वर माविका १७ वर्षीय छात्र प्रविन तामाङको मृत्यु भएको हो।  जगतमा परीक्षा दिन आएका थिए।

साथीहरूको जानकारी अनुसार, आज बिहीबार अंग्रेजी विषयको परीक्षा दिएर कोठामा फर्किएका प्रविन दिउँसो १२ बजेतिर तामाकोशी नदीमा नुहाउन गएका थिए। त्यही क्रममा पानीमा डुबेर बेहोस भएका उनलाई तत्काल उद्धार गरी अस्पताल लैजान खोजिए पनि ज्यान जोगाउन सकिएन।

हाल प्रविनको शव पोष्टमार्टमका लागि चरिकोट लगिएको छ। परीक्षार्थीको असामयिक निधनले स्थानीय बासिन्दा, शिक्षक तथा सहपाठीहरू शोकमा छन्।

साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...