HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

विगु ४, दोलखा — नेपाल तामाङ घेदुङद्वारा आयोजित ‘ताम्बा लोकबाजा संरक्षण तथा तामाङ हृमठिम कार्यक्रम’को उद्घाटन समारोह भव्य

विगु ४, दोलखा — नेपाल तामाङ घेदुङद्वारा आयोजित ‘ताम्बा लोकबाजा संरक्षण तथा तामाङ हृमठिम कार्यक्रम’को उद्घाटन समारोह भव्य
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्

 


दोलखा, २०८१ बैशाख २५ — नेपाल तामाङ घेदुङ विगु ४ द्वारा आयोजित “ताम्बा लोकबाजा संरक्षण तथा तामाङ हृमठिम कार्यक्रम”को उद्घाटन समारोह आज भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि सन्जिब ओलीले उद्घाटन गर्नुभएको हो। कार्यक्रम आजदेखि सुरु भई बैशाख २७ गतेसम्म तीन दिन सञ्चालन हुनेछ।


उक्त कार्यक्रममा तामाङ समुदायको मौलिक पहिचान झल्काउने ताम्बा संस्कार, परम्परागत लोकबाजा, हृमठिम नृत्य, गीतसंगीत र संस्कृति प्रदर्शन गरिएको छ। ताम्बा संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्न यो कार्यक्रम महत्वपूर्ण मानिएको छ।


कार्यक्रमको उद्देश्य तामाङ समुदायमा हराउँदै गइरहेको मौलिकता र सांस्कृतिक सम्पदालाई संरक्षण गर्नु, युवा पुस्तालाई आफ्नो जरा र पहिचानप्रति सचेत गराउनु र स्थानीय स्तरमै सांस्कृतिक जागरण ल्याउनु रहेको आयोजक संस्था नेपाल तामाङ घेदुङ विगु ४ ले जनाएको छ।


कार्यक्रममा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता देखिएको छ। उपस्थित दर्शकहरूले परम्परागत बाजागाजा र सांस्कृतिक प्रस्तुतिमा रमाईलो अनुभव गरेको प्रतिक्रिया दिएका छन्।


यस किसिमका कार्यक्रमहरू तामाङ समुदायको संस्कृति जोगाउन महत्वपूर्ण कदम भएको जनाउँदै आयोजकले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।


साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...