HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

‘ताम्बा लोकबाजा संरक्षण तथा तामाङ हृमठिम कार्यक्रम’ भव्य रूपमा सम्पन्न

‘ताम्बा लोकबाजा संरक्षण तथा तामाङ हृमठिम कार्यक्रम’ भव्य रूपमा सम्पन्न
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्


 दोलखा — नेपाल तामाङ घेदुङ, बिगु–४ द्वारा आयोजना गरिएको ‘ताम्बा लोकबाजा संरक्षण तथा तामाङ हृमठिम कार्यक्रम’ २०८२ साल बैशाख २७ गते भव्य रुपमा सम्पन्न भएको छ। तीन दिनसम्म चल्ने उक्त कार्यक्रमले तामाङ समुदायको मौलिक संस्कृति र परम्परागत लोकबाजाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्य बोकेको थियो।


कार्यक्रममा प्रशिक्षक तथा ताम्बा कलाकारहरूका रूपमा ताम्बा संघका अध्यक्ष श्री दावा वाङ्गेल मोक्तान, सदस्यहरू उर्गेन बम्जान, सुनिल मोक्तान तामाङ, युवराज घिसिङ, रेनुका तामाङ लगायतको विशेष सहभागिता रहेको थियो। उनीहरूले सहभागीहरूलाई ताम्बा हृमठिम सम्बन्धी विविध अभ्यास र तालिम प्रदान गरे।


स्थानीय समुदायको सक्रिय सहभागिता रहेको यस कार्यक्रममा युवादेखि वृद्धसम्मको उल्लेख्य उपस्थिति देखिएको थियो। कार्यक्रममा परम्परागत ताम्बा नृत्य, बाजा तालिम, र सांस्कृतिक प्रदर्शनीहरू प्रस्तुत गरिएका थिए।


आयोजक संस्थाका प्रतिनिधिहरूले यस्तो खालको कार्यक्रमले सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृतिप्रति गर्व गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे।


कार्यक्रम समापनका क्रममा सहभागीहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा व्यक्तिहरूलाई प्रमाणपत्र र सम्मानपत्र प्रदान गरिएको थियो।


नेपाल तामाङ घेदुङ, बिगु–४ को यो पहलले तामाङ संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने निश्चित छ।


साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...