HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

दोलखाको बिगु-२ मा आगलागी, एक घर पूर्णरूपमा नष्ट

 दोलखाको बिगु-२ मा आगलागी, एक घर पूर्णरूपमा नष्ट
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्

– हिमाल न्यूज दर्पण संवाददाता

दोलखा, श्रावण ४ – दोलखा जिल्लाको बिगु गाउँपालिका–२, साविक वडा नं. २ ओराङ्गमा आइतबार दिउँसो भएको आगलागीमा एक घर पूर्णरूपमा नष्ट भएको छ। दिउँसो करिब २:३० बजे तिरको समयमा स्थानीय कादोर्जे तामाङको घरमा आगलागी भएको हो।

हालसम्म आगलागीको कारण खुल्न सकेको छैन। घटनास्थलमा करिब आधा घण्टासम्म आगो फैलिँदा घरभित्र रहेका अन्न, लत्ताकपडा, नगद रकमसहित अन्य दैनिक उपभोग्य सामग्रीहरू पूर्णरूपमा जलेर नष्ट भएका छन्।

स्थानीय प्रत्यक्षदर्शी काअनुसार, आगो सुरु हुँदा घर भित्र कोही नभएकाले मानवीय क्षति भने भएको छैन। तर भौतिक क्षति अत्यधिक रहेको छ। क्षतिको यकिन विवरण आउन बाँकी छ।"

हाल पीडित कादोर्जे तामाङ र उनको परिवार छिमेकीको घरमा आश्रित छन्। स्थानीय तह र सहृदय व्यक्तिहरूसँग पीडितलाई तत्काल राहत सहयोगको अपेक्षा गरिएको छ।

साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...