ललितपुर, २४ भदौ – जेनजेड आन्दोलन उग्र बनेसँगै ललितपुरको च्यासलस्थित नेकपा एमाले पार्टी कार्यालयमा आगजनी भएको छ।
आन्दोलनकारीको भीडले कार्यालयमा आगो लगाउनुका साथै ढुंगामुढा पनि गरेको प्रहरीले जनाएको छ। घटनापछि कार्यालय परिसर धुवाँले भरिएको छ र आसपासको क्षेत्रमा आतंकको वातावरण सिर्जना भएको छ।
ललितपुर प्रहरीका प्रवक्ता चक्रराज जोशीका अनुसार सुरक्षाकर्मीहरू अहिले आगो नियन्त्रण गर्ने र अवस्था शान्त बनाउन सक्रिय छन्। उनले भने, “प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ, तर भीड ठूलो भएकाले चुनौतीपूर्ण बनेको छ।”
साचै यो पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
खुशी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
रिसाएका