HRP-19HT-BBYT-4385-UHAM 3973516231270385206
असार ६, २०८३, आइतबार

सबै समाचार (All News)

पेज १

ADB बाट ६३ मिलियन डलर सहयोग: नवीकरणीय ऊर्जाको उपयोग बढाउन कम्बोडियाको विद्युत् प्रणालीमा ब्याट्री भण्डारण परियोजना

ADB बाट ६३ मिलियन डलर सहयोग: नवीकरणीय ऊर्जाको उपयोग बढाउन कम्बोडियाको विद्युत् प्रणालीमा ब्याट्री भण्डारण परियोजना
ADVERTISEMENT
Multi E-Commerce Template V-2

एक पटक खरिद, लाइफटाइम एक्सेस! कुनै मासिक शुल्क छैन, कुनै इयरली रिन्युअल्स छैन। प्रिमियम फिचर्स र सधैंभरि नि:शुल्क अपडेटहरू (Forever Free Updates)।

लाइभ डेमो हेर्नुहोस् र अर्डर गर्नुहोस्

 कम्बोडियाले स्वच्छ ऊर्जा विस्तारमा ठूलो फड्को मार्ने तयारी गरेको छ। ADB ले ६३ मिलियन डलर सहयोग उपलब्ध गराउँदै ब्याट्री ऊर्जा भण्डारण परियोजना अघि बढाएको छ, जसले ऊर्जा सुरक्षा, विद्युत् ग्रिडको स्थिरता र नवीकरणीय ऊर्जाको उपयोगमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
कम्बोडियाको विद्युत् प्रणालीलाई थप भरपर्दो र नवीकरणीय ऊर्जामैत्री बनाउन एसियाली विकास बैंक (ADB) ले ६३ मिलियन अमेरिकी डलरको वित्तीय सहयोग उपलब्ध गराएको छ। यस सहयोगबाट देशको विद्युत् ग्रिडमा नवीकरणीय ऊर्जाको एकीकरण तीव्र पार्नुका साथै ऊर्जा सुरक्षा, ग्रिडको स्थिरता र सीमापार विद्युत् व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसअन्तर्गत ‘युटिलिटी-स्केल ब्याट्री ऊर्जा भण्डारण परियोजना’ सञ्चालन गरिनेछ। परियोजनाअन्तर्गत ताकेओ प्रान्तस्थित एक सबस्टेसनमा दुई घण्टासम्म २५० मेगावाट विद्युत् आपूर्ति गर्न सक्ने क्षमता भएको ब्याट्री ऊर्जा भण्डारण प्रणाली निर्माण गरिनेछ।

ADB का अनुसार उक्त प्रणालीले अतिरिक्त रूपमा उत्पादन भएको नवीकरणीय ऊर्जा सञ्चित गरी आवश्यकता अनुसार पुनः राष्ट्रिय ग्रिडमा आपूर्ति गर्नेछ। यसले विद्युत् माग उच्च हुने समयमा लोड व्यवस्थापन गर्न र उत्पादन–आपूर्तिमा आउने उतारचढाव नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

यो परियोजनाले दक्षिणी कम्बोडियामा तीव्र रूपमा विस्तार भइरहेका औद्योगिक क्षेत्र, कृषि प्रशोधन उद्योग तथा शहरी क्षेत्रमा बढ्दो विद्युत् माग पूरा गर्न समेत सहयोग गर्ने विश्वास गरिएको छ।

ADB ले परियोजनाले भियतनामसँगको विद्युत् अन्तरसम्बन्ध (ग्रिड इन्टरकनेक्टिभिटी) सुदृढ बनाउने, विद्युत् आयात तथा सीमापार व्यापारलाई सहज बनाउने र सन् २०४५ सम्म दक्षिणपूर्वी एसियाभर पूर्ण रूपमा एकीकृत क्षेत्रीय विद्युत् सञ्जाल निर्माण गर्ने आसियान पावर ग्रिडको लक्ष्यमा योगदान पुर्‍याउने जनाएको छ।

परियोजनाका लागि उपलब्ध गराइएको कुल वित्तीय प्याकेजमा ADB को एसियन डेभलपमेन्ट फन्डमार्फत ४० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र ५ मिलियन अमेरिकी डलर अनुदान समावेश छ। साथै ग्रीन क्लाइमेट फन्ड तथा युनाइटेड किङ्डमको सहयोगमा आसियान क्याटालिटिक ग्रीन फाइनान्स फेसिलिटीमार्फत थप १८.४४ मिलियन अमेरिकी डलर सहवित्तीयकरण गरिएको छ।

कम्बोडियाका लागि ADB की देशीय निर्देशक यास्मिन सिद्दिकीले यो परियोजनाले विश्वव्यापी ऊर्जा संकटका बीच स्वच्छ ऊर्जा प्रणालीतर्फ कम्बोडियाको प्रतिबद्धतालाई थप बलियो बनाउने बताइन्।

उनले उन्नत ब्याट्री भण्डारण प्रणालीमार्फत विद्युत् ग्रिड सुदृढ बनाइँदा थप नवीकरणीय ऊर्जाको उपयोग सम्भव हुने र यसबाट परिवार, किसान तथा व्यवसायले सुरक्षित, स्थिर र किफायती विद्युत् सेवा पाउने उल्लेख गरिन्।

हाल कम्बोडियाको ऊर्जा क्षेत्र विद्युत् उत्पादनका लागि आयातित इन्धनमा उच्च निर्भर रहेकाले बाह्य बजारमा मूल्य उतारचढाव र भूराजनीतिक तनावका कारण आपूर्ति अवरोध हुने जोखिम कायम रहेको छ। यद्यपि, विद्युत् उत्पादन क्षमता, पहुँच र प्रसारण पूर्वाधार विस्तारमा देशले पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति गरेको छ।

ADB का अनुसार नयाँ परियोजनाले सौर्यसहित अन्य नवीकरणीय ऊर्जा स्रोतलाई राष्ट्रिय ग्रिडमा थप प्रभावकारी रूपमा समावेश गर्न सहयोग पुर्‍याउनेछ। यससँगै कम्बोडियाले सन् २०३० सम्म कुल विद्युत् उत्पादन क्षमतामध्ये ७० प्रतिशत नवीकरणीय ऊर्जाबाट हासिल गर्ने लक्ष्यतर्फ महत्वपूर्ण प्रगति गर्ने अपेक्षा गरिएको छ।

परियोजना सञ्चालनमा आएपछि वार्षिक करिब २७ हजार ७०० टन हरितगृह ग्यास उत्सर्जन घट्ने अनुमान गरिएको छ।

यसका अतिरिक्त राज्य स्वामित्वको विद्युत् प्राधिकरण इलेक्ट्रिसिते दु कम्बोड्ज (EDC) को प्राविधिक क्षमता अभिवृद्धि गरिनेछ। परियोजनाले ब्याट्री ऊर्जा भण्डारणसम्बन्धी नियामक व्यवस्था विकास गर्नुका साथै विशेषगरी महिलाको प्राविधिक तथा नेतृत्वदायी भूमिकामा सहभागिता बढाउन सीप विकास कार्यक्रमसमेत सञ्चालन गर्ने योजना रहेको छ।

साँच्चै यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

थप समाचार (More News)

समाचार लोड हुँदैछ...